सहकारीमा सञ्चालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्युआर सेवा
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआरमा आबद्ध मर्चेन्टहरूलाई एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ । इन्फो डेभलपरद्वारा सञ्चालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैंकिङ सेवा हो ।
हाल एक सय ७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो । हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन् भने छिट्टै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जानकारी दिए ।
भाट–भटेनी सुपरमार्केट, बिगमार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायतका एक लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आबद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आबद्ध रहिआएको छन् । अबदेखि एम डबलीमार्फत सहकारीका सदस्यहरुले पनि यो सुविधामार्फत लाभ लिनसक्ने कुराले आफूहरु उत्साहित भएको स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए । यो सेवा सञ्चालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्टच्वाइस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सम्पर्क गरी जानकारी लिनसक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया