Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडीको ‘साउथ एसिया रिजनल मिट’

बीवाईडीको ‘साउथ एसिया रिजनल मिट’


काठमाडौं । न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाईडीको ‘साउथ एसिया रिजनल मिट’ नेपालमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नोभेम्बर २४ तारिखमा काठमाडौंमा भएको थियो ।

कार्यक्रममा बीवाईडी हेडक्वाटर सान्जेनका प्रतिनिधिहरु, बीवाईडी इन्डिया र नेपालको आधिकारिक वितरक साइमेक्स इंकको सहभागिता रहेको थियो । विश्वमा ईभीप्रतिको चाख बढ्दै गएसँगै दक्षिण एसियाका देशहरुमा पनि ईभीको उपभोग बढ्दो क्रममा छ । ईभीको बजारलाई लिड गर्ने उद्देश्यका साथ गएको छ महिनामा नेपाल र इन्डियामा बीवाईडीका शोरुम, वर्कसप, चार्जिङ स्टेसनजस्ता आवश्यक पूर्वाधार तीव्र गतिमा विस्तार भइरहेका छन् । काठमाडौंमा भएको दक्षिण एसियाली डिलरहरुको सम्मेलनमा बीवाईडीको साउथ एसिया हेर्ने डेपुटी जनरल मेनेजर केत्सु जांबले कम्पनीको योजना र विश्वभर बीवाईडीको बिक्रीको अवस्थाको विषयमा चर्चा गरेका थिए । बीवाईडीको न्यू इनर्जी भेहिकलको बिक्री संख्या ३० लाख पुगेको भन्दै जांबले भने, ‘बीवाईडीको दक्षिण एसिया क्षेत्रका डिलर पार्टनर र कम्पनीबीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोगमा नयाँ आयाम थप्नेछ ।’

कार्यक्रममा साइमेक्स इंकका प्रबन्धनिर्देशक यमुना श्रेष्ठले नेपालले कसरी ईभीको प्रयोगमा दक्षिण एसियाली बजारमै प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयमा चर्चा गरेकी थिइन् । नेपालमा ईभी प्रयोगको वर्तमान अवस्थाबारे जानकारी दिँदै उनले भनिन्, ‘नेपालमा नयाँ रजिस्टर हुने सवारीमध्ये १० प्रतिशतभन्दा बढी ईभीको संख्या पुगेको छ । त्यसमा नेपाल सरकार, यहाँ व्यवसायी र उपभोक्ताको कारण सम्भव भएको हो । बीवाईडीको यो नयाँ क्रान्तिकारी ‘स्टेट अफ आर्ट प्रविधि’का कारण ईभीको प्रयोग यहाँ बढ्दै गएको छ ।’ बीवाईडी इन्डियाका विभिन्न दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, ब्यांगलोर, आन्ध्र प्रदेश, कर्नाटकलगायत १३ सहरका डिलर ग्रुपको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा इन्डियाका सहभागीहरुले लन्च भएको एक महिनामै छ सय ईभी सिक्स र एक हजार पाँच सय एटो तीन बुकिङ भएको जानकारी दिएका थिए ।

साइमेक्स इंक नेपालका लागि बीवाईडी अटो इन्डष्ट्रीको एकमात्र आधिकारिक वितरक हो । साइमेक्सले काठमाडौं, ललितपुर, पोखरा, चितवन, विराटनगर, बिर्तामोड, बुटवल, नेपालगन्ज धनगढीमा डिलर नेटवर्क विस्तार गरिसकेको छ । साइमेक्सले हालैमात्र काठमाडौंको नक्सालमा ‘स्टेट अफ आर्ट शोरुम’को सञ्चालन गर्नुका साथै बीवाईडीको पहिलो एसयूभी एटो३ समेत लन्च गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया