Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगव्यावसायिक गोदाम तथा वितरण सेवा सञ्चालन गर्न सम्झौता

व्यावसायिक गोदाम तथा वितरण सेवा सञ्चालन गर्न सम्झौता


काठमाडौं । काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युसन सेण्टर (केडब्ल्युडीसी)ले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफ्फा) र नेपाल कुरियर सेवा संघ (कोजन) सँग सम्झौता गरेको हो । उक्त तीन वटा संस्थाका सदस्यहरुलाई वेयरहाउजिङ, वितरण तथा व्यावसायिक सहायक सेवाहरु प्रवाह गर्नका लागि सम्झौता गरिएको बताइएको छ ।

समझदारीसँगै ती संस्थाका सदस्य कम्पनीहरुले तोकिएको न्यूनदरमा गोदाम, वितरण तथा अन्य सेवाहरु उपयोग गर्न सक्नेछन् । शुक्रबार हस्ताक्षर गरिएको सो सम्झौतापत्रका अनुसार केडब्ल्यूडीसीले संकलन गरेको शुल्कको केही हिस्सा साझेदार संस्थाहरुलाई फिर्ता गरिनेछ, जसबाट उनीहरुले विभिन्न विकासका कार्यहरु गर्न सक्नेछन् । यसले दुवै पक्षलाई लाभ मिल्ने अपेक्षा गरिएको छ । काठमाडौंमा व्यावसायिक तथा व्यवस्थित गोदाम एवम् मालवाहक ट्रक र ट्रेलरहरूको लागि सजिलो पहुँच भएको वितरण केन्द्रको ठूलो अभाव रहेकोले यसको समाधानका लागि काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युसन सेण्टरको अवधारणा विकास गरी यसलाई अस्तित्वमा ल्याइएको हो । यो कम्पनी थानकोट चेकपोस्ट नजिकै नेपाल आयल निगम डिपो जाने सडकमा अवस्थित छ । हाल १२ रोपनी जग्गामा फैलिएको यो सेण्टरले प्रशिक्षित कर्मचारीहरूबाट श्रम सेवा, फोर्कलिफ्ट र क्रेन सुविधा, प्यालेटाइजेशन सेवा, हप्ताको सातै दिन चौबीसै घण्टा सुरक्षा, रिसिभिङ, अनलोडिङ, लोडिङ, भण्डारण, प्रेषण, गोदाम–देखि–गेटसम्म ढुवानी सेवा प्रदान गर्दछ ।

केडब्ल्युडीसीले वेयरहाउस म्यानेजमेण्ट सिस्टम (डब्ल्युएमएस)को प्रयोग गर्छ, जसले यहाँ आउने सामान रिसिभ गरी पहिले नै छुट्याइएको स्टलहरूमा भण्डारण गर्छ र ग्राहकहरूको आवश्यकता अनुसार, खोजेको बेला रियल टाइम स्टक रिपोर्ट प्रदान गर्न सक्छ । यहाँ रिप्याकिङ र अभिवृद्धि सुविधा पनि उपलब्ध छ भने आवश्यक परेमा बारकोडिङ सुविधाको साथ डिजिटलाइज्ड इन्भेन्टरी म्यानेजमेण्ट पनि उपलब्ध छ । यहाँको सेवा लिन ग्राहकले आफ्नो कार्गो र सवारीसाधनको विवरणसहित एउटा सन्देश/लग–इन मात्र केडब्ल्युडीसीलाई पठाउनुपर्ने हुन्छ र बाँकी सबै कुरा यहाँको टोली र व्यवस्थापन प्रणालीले मिलाउँछ । यो सिंगल विन्डो वन–स्टप–सर्भिस (ओएसएस) स्टेसन हो, जसले काठमाडौंका व्यापारी समुदाय र अन्य संस्थाहरूको आवश्यकताहरू पूरा गर्दछ । अन्तर्राष्ट्रियस्तरको व्यावसायिक मापदण्डका साथ सञ्चालनमा आएको यो सेवा न्यून शुल्कमा उपलब्ध छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया