सम्पदा क्षेत्र अवलोकन गर्न ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने
काठमाडौं । काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरूलाई सहज सेवा दिन ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने भएको छ । पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ल्याइएको ‘होप अन होप अफ’ सिटी बस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटक तथा धर्मावलम्बीहरूलाई सहज बनाउन ‘होप अन होप अफ’ प्रकारको घुम्ती सेवा दिन लागिएको हो । पहिलो चरणमा साझा यातायातका पाँचवटा बिजुली बस हरेक आधा घण्टामा पाटन, काठमाडौं दरबार, पशुपति, बौद्ध र स्वयम्भू पुग्नेछ । भविष्यमा भक्तपुर चाँगुनारायणसम्म लैजाने योजना बनाइएको छ । पर्यटकले बसको एउटा टिकट लिएपछि दिनभर होप अन होप अफका जुनसुकै बस चढ्न पाउनेछन् । करिब ३० किलोमिटर लामो पूरा यात्रा गर्न तीन घण्टा लाग्नेछ । आगामी अंग्रेजी नयाँ वर्षदेखि होप अन होप अफ’ सिटी बस सञ्चालन गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठले होप अन होप अफ सिटी बस प्रभावकारी रुपमा सञ्चालनबारे सरोकारवालाहरूसँग आइतबार मन्त्रालयमा छलफल समेत गरेका छन् । छलफलमा साझा यातायातका सञ्चालक, व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरीलगायत सरोकारवालाको उपस्थिति थियो । काठमाडौँका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस सञ्चालनको अवधारणा ल्याएको मन्त्री श्रेष्ठले बताए । पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको छ ।
काठमाडौँका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा होप अन होप अफ बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । होप अन होप अफका लागि वातावरणमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका बस सेवा सञ्चालन गरिने साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
- एमडीएमएस प्रणाली तत्काल लागू गर्न माग
- ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन चेम्बरको सुझाव
- सोलु दुधकोशी आयोजनाको परीक्षण सुरु
- सडक नै नपुगेको पालिकाको इन्धन खर्च पाँच लाख !
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ वाणिज्य बैंक कारबाहीमा
- १० वर्षसम्म मुआब्जा विवादमै रुमलियो सरकारको महत्वाकांक्षी बूढीगण्डकी आयोजना
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया