फिफा वर्ल्डकप थिमसहित बिजबजारको ‘२० मा बिज’
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले मंसिर महिनाको ‘२० मा बिज’ फिफा वल्र्डकप थिमसहित सञ्चालनमा ल्याएको छ । कम्पनीले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ नामक च्याम्पेन सञ्चालन गर्दै आएको छ ।
यस्तै कम्पनीले मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ, जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । कम्पनीले द बिज क्विज १, क्रस वार च्यालेन्स, डिजे गोल च्यालेन्ज, स्पोट द बलजस्ता क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ भने सो क्रियाकलापका विजेताहरूले आकर्षक गिफ्ट भउचर प्राप्त गर्नेछन् । सो योजनाअन्तर्गत सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा ५० देखि ७४ प्रतिशतसम्म छुट पाउनेछन् । यसका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा शर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।
साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ । सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै बिजबजार अनलाइन सपिङ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै बिजबजारको वेबसाइटमा गएर पनि यो सेवा लिन सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया