Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसजिलो सेवा अब पोखरामा

सजिलो सेवा अब पोखरामा


काठमाडौं । डिजिटल सर्भिस मार्केटप्लेस (सेवाबजार), ‘सजिलो सेवा’ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ । अब पोखरेली सेवाग्राहीहरुले सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरु प्लम्बिङ, इलेक्ट्रिकलदेखि होम सलूनसम्म एकै ठाउँमा प्राप्त गर्न सक्नेछन् ।

सन् २०१७ देखि काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा आएर ५० हजारभन्दा धेरै अर्डर सम्पन्न गरेको कम्पनीले पहिलोपटक काठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार गर्न लागेको हो । कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १० हजारभन्दा धेरै युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्ष्य लिएको छ । त्यसैअनुरुप आक्रामक ढंगले देशभर सेवा विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ । हालसम्म कम्पनीले दुई सय ५० भन्दा धेरै सेवाग्राहीमार्फत ५० भन्दा धेरै सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीका अनुसार पोखरामा पनि मध्यम वर्गीय जनसंख्याको संख्या बढ्ने क्रममा छ । यसका साथै पोखरा नेपालको पर्यटन क्षेत्रको केन्द्रविन्दु पनि हो । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न गुणस्तरीय सेवा अपरिहार्य रहने हुनाले यहाँको घर, अफिस तथा पर्यटकहरुलाई सजिलो सेवा सान्दर्भिक हुने हुनाले यहाँ सेवा विस्तार गर्न लागेको श्रेष्ठले बताए । सजिलो सेवा पोखराका प्रमुख बिमल बास्तोलाका अनुसार पोखराको बजारमा सजिलो सेवाको प्रवेशले यहाँको बजारमा सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउनेछ । सेवा प्रदायकहरु सजिलो सेवासँग जोडिन धेरै उत्सुक रहेको देखिएको र अहिले नै ४० जनाले आफूलाई दर्ता गरिसकेको बास्तोलाले बताए । पोखरामा सजिलो सेवासँग जोडिन चाहने व्यक्ति तथा संस्थाले कम्पनीको वेबसाइट, एप वा ०६१५७८३३३ मार्फत आफ्नो नाम टिपाउन सक्नेछन् ।

उपत्यकाभित्रका सेवाग्राहीलाई पारदर्शी ढंगले सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गर्न नाम कमाएको सजिलो सेवाले आफ्नो सेवा प्रदायकहरुमाझ मासिक २० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म कमाउन सक्ने अवसर प्रदान गर्ने छवि बनाएको जनाएको छ ।

सेवाग्राहीले पहिलो तीन महिनासम्म सजिलो सेवाको एपमार्फत अर्डर गर्दा सजिलो एप प्रोमो कोड प्रयोग गरेर ५० प्रतिशत छुट प्राप्त छुट प्राप्त गर्नेछन् । पोखरापछि नेपालका अन्य प्रमुख सहरहरुमा पनि छिटै सेवा विस्तार गर्ने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया