काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्र्याच कुपन प्राप्त गर्नेछन् । उक्त कुपन स्क््रयाच गरी दुईदेखि पाँच सय रुपैयाँ नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्रामदेखि पाँच ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्न सकिनेछ भने सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट तीन पटकसम्म जित्ने मौका पाउनेछन् ।
हरेक महिनाको लक्की–ड्रमार्फत पहिलो पुरस्कार दुई जोडी भाग्यशाली ग्राहकहरुलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार चार जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार छ जनालाई आधा किलो चाँदी, चौथो पुरस्कार आठ जनालाई हिराको औँठी तथा पाँचौँ पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्रमार्फत जित्न सक्नेछन् तर अन्तिम महिनामा समावेश कुपनहरुमा भने मेगा लक्की ड्रमा मात्र समावेश गरिने कम्पनीले जनाएको छ ।
मासिक लक्की ड्रमा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजनाअन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगा लक्की ड्रमार्फत दुई जना भाग्यशाली ग्राहकहरुले पाँच तोला सुन, चार जनाले तीन तोला सुन, छ जनाले दुई तोला सुन, आठ जनाले एक तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्नेछन् । लक्की ड्रको कुपनमा उल्लिखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दाबी गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ ।
यो उपहार योजना मंसिर १८ देखि नेपालभर लागू गरिएको कम्पनीले जनाएको छ । स्क््रयाचमार्फत हात खाली नजाने पक्का उपहारअन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरी शिवम् सिमेन्टको बिक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीद्वारा जानकारी भएको छ । एक पटक पक्का पर्ने र तीन पटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकहरुलाई थप हौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया