Techie IT
×
गृहपृष्ठकर्पोरेटटेलिकमले रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गरे बोनस डाटा उपलब्ध गराउने

टेलिकमले रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गरे बोनस डाटा उपलब्ध गराउने


काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले दुई सय, पाँच सय र एक हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार दुई सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यसबापत एक दिन प्रयोग गर्न सकिने एक जीबी डाटा र पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यसबापत चार दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी एक हजार रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया