Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेसन जडान गर्ने

सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेसन जडान गर्ने


काठमाडौं । सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेसनहरू जडान गर्ने योजना घोषणा गरेको छ । यी चार्जिङ स्टेसनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्नेछन् । सेगवेको यो सुरुवातले ग्राहकहरुको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउनेछ । सेगवे ई–स्कुटरका चालकहरुले कम चार्जबारे चिन्ता र डरविना लामो दूरीको यात्रा मज्जाले गर्नसक्ने बताइएको छ । यो सुविधा फाइदामूलक हुनुका साथै प्रभावकारी हुनेछ किनकि यसले प्रत्येक चार्जिङको समयमा खपत भएको यूनिट ट्र्याक गर्दछ र चार्जरहरू फिट गर्न पनि सजिलो हुनेछ । सेगवे ब्राण्डको सवारीसाधनको आधिकारिक वितरक आइहब प्रालिले भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेसन जडान गरिने बताइएको छ ।

यस्तै उसले विद्युतीय सवारीसाधनहरू भविष्य हुन्, त्यसैले सेगवे–नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुईपांग्रे सेल्फ–ब्यालेन्सिङ्ग निजी सवारीसाधनहरू हालै बजारमा ल्याएको जनाएको छ । नेपालमा सेगवे ईभी स्कुटरको क्रेज बढ्दै छन्, यसले ग्राहकहरुको प्रशंसा बटुल्नुका साथै यिनीहरुको फिचर र सजिलो ह्यान्डलिङमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको छ । यसरी ईभी सवारीसाधनहरूको प्रयोगकर्ता बढ्दै गएपछि कम्पनीहरूले देशभरका पहुँचयोग्य स्थानहरूमा चार्जिङ स्टेसनहरू जडान थाल्ने भएको छ । चार्जिङ स्टेसनको स्थापनासँगै ग्राहकहरुको सेगवेप्रति विश्वास बढ्नेमा कम्पनी विश्वस्त रहेको छ ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धन र बिक्री गर्ने धेरै कम्पनी छन् । आई हब प्रा.लिमिटेड नेपालमा विद्युतीय सवारीसाधनको एक प्रतिष्ठित वितरक कम्पनी हो । बढ्दो क्रेजले कम्पनीलाई काठमाडौंमा चार्जिङ स्टेसनहरू बढाउन प्रेरित गरेको छ र उनीहरू त्यसतर्फ लागेको जनाइएको छ ।

सेगवेले आफ्ना सम्पूर्ण उत्पादनहरूसँग आशाजनक गुणस्तर कायम राखेको छ र विभिन्न स्थानहरूमा चार्जिङ स्टेसनहरू स्थापना गरेसँगै ग्राहकहरूले कम्पनीबाट मूल्य अभिवृद्धि सेवाहरू प्राप्त गर्नेछन् । सेगवे विद्युतीय सवारीसाधनमा ट्रेन्डसेटर हो । उपत्यकामा चार्जिङ स्टेसनहरू सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधनको बजारमा गतिशीलता क्रान्ति र नवीन समाधानहरू प्राप्त हुनेछन् । कस्तो कम्पनी हो सेगवे नाइनबट ?

छोटो दूरीका लागि उपयोगी सवारीसाधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्तराज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो । यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ–ब्यालेन्सिङ निजी सवारीसाधन बनाउनमा विश्वकै उत्कृष्ट कम्पनी हो । नाइनबट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, बिक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो ।

सन् २०१५ मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे–नाइनबट अस्तित्वमा आएको थियो । हाल विश्वको ८० राष्ट्र तथा क्षेत्रहरुमा रहेको कम्पनीको व्यवसायको सहायक कम्पनीहरु बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, एम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र टियानजिनमा रहेका छन् । विश्व–प्रसिद्ध बौद्धिक सम्पत्तिको साथ सेगवे–नाइनबटले प्रयोगकर्ताहरु र सम्पूर्ण उद्योगलाई भविष्यमा नेतृत्व गर्ने थप उत्पादनहरु सिर्जना गर्नेछ । सेगवे–नाइनबटको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक आइहब प्रालि हो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया