भुजुङमा ‘हनी हन्टिङ’मा दुई सय चर्चित व्यक्ति सहभागी हुँदै
काठमाडौं । स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा हनी हन्टिङसहित आयोजना गरेको ’स्पार्क एड्भेन्चर’ कार्यक्रममा अभिनेता राजेश हमालसहित दुई सय जना सहभागी हुने भएका छन् । मंसिर २२ देखि २४ गतेसम्म आयोजना हुने यस एड्भेन्चरमा अभिनेता हमाल, विपिन कार्की, तिलगंगा अस्पतालका पिताम्बर अधिकारी, पाइलट विजय लामा, रंगकर्मी सुनिल पोखरेल, डाक्टर लोचन कार्कीलगायत दुई सय जना सहभागी हुने स्पार्क समूहका अमरदीप भट्टराइले जानकारी दिए ।
गायक रामकृष्ण ढकालसहित कार्यक्रममा पत्रकार किशोर नेपाल तथा सञ्चारकर्मी भूषण दाहाललगायतको सहभागिता रहने भट्टराईले जानकारी दिए । असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ । मंसिर २२ गते बिहान काठमाडौंमा उद्घाटन गरेर भुजुङको यात्रा सुरू हुनेछ । भुजुङ पुगेपछि त्यहाँको होमस्टेमा बस्ने र भुजुङ गाउँमा साहसिक अफ रोड यात्रा, जंगली मौरीको मह काढ्नका लागि पदयात्रा, स्थानीय लोकसांस्कृतिक कार्यक्रम, बेसीसहरमा रामकृष्ण ढकालसँगै म्युजिकल ककटेल डिनर नाइट यो यात्राको मुख्य आकर्षण रहेको आयोजक समूहले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया