Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोटल एम्बेसडर सञ्चालनको ४२ वर्ष पूरा

होटल एम्बेसडर सञ्चालनको ४२ वर्ष पूरा


काठमाडौं, फागुन २७
एसिई होटल्सद्वारा सञ्चालित होटल एम्बेसडरले ४२औं स्थापना दिवस मनाएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा होटलले स्थापना दिवस मनाएको छ । एसिई होटल्सद्वारा सञ्चालित एम्बेसडर काठमाडौको लैनचौरमा रहेको चारतारे सुविधा सम्पन्न बुटिक होटल हो । यसले आफ्ना पाहुनालाई राम्रो वातावरण र सम्पूर्ण सहरी सुविधा उपलब्ध गराउँदै आएको छ । यसमा विभिन्न दर र सुविधा भएका ७२ कोठा, दुई उपहार पसल, एक सभा हल, दुई मिटिङ हल र लामरी बेकरी पसल छ ।

होटलले सञ्चालन गर्ने कोतेत्सु रेष्टुरेन्ट जावानीज खान मन पराउने माझ लोकप्रिय छ । त्यक्ति मात्रै होइन होटलले आफ्ना पाहुनालाई काठमाडौको बसाइमा स्वास्थ्य अझ सबल बनिरहोस् भनेर योगा तथा मुटु सुरक्षाबारे सचेतना कक्षा समेत सञ्चालन गर्ने गरेको छ । एसिई होटलअन्तर्गत क्लब हिमालयन र होटल एम्बेसडर गरी दुई होटल सञ्चालनमा रहेका छन् । होटल एम्बेसडर मा मात्रै हामीले करिब एक सय करोड लगानी गरिसकेका कम्पनीले जनाएको छ । लगानी विस्तार गर्दै कम्पनीले छिट्टै नै नयाँ हलहरु थप्ने योजना बनाएको बताएको छ । साथै सिई कन्स्ट्रक्सनसँगको साझेदारीमा लुम्बिनी र नगरकोटमा होटल हब सञ्चालन गर्ने समझदारी समेत गरेको कम्पनीले जनाएको छ । होटल हब भनेको होटल मात्रै होइन त्यसमा अपार्टमेन्ट, सपिङ कक्प्लेकस, मुभि स्टिेशनहरु पनि समावेश गरिएका हुन्छन् । यो एउटा महत्वाकांक्षी योजना हो ।

होटल एसिई अहिलेको अवश्थासम्म आईपुग्न होटलका संस्थापक बसन्त बहादुर शाक्यको महत्वपूर्ण भूमिका रहेको होटलले जनाएको छ । उनले ४२ वर्ष पहिले नै पश्चिमा शैलीको अत्याधुनिक सुविधासम्पन्न ४ कोठे भवन बनाएका थिए । बसन्तबहादुरले घर भाडामा लगाउने उद्देश्यले लैनचौरको जमिनमा पश्चिमा शैलीको चार कोठे भवन बनाएका थिए । त्यसबेला भवनमा व्यवस्थित शौचालयसहितका ठूला ४ कोठा थिए । इँट्टाको पर्खाल लगाएर घेरिएको घरमा सुन्दर बगैँचा र प्रशस्त जमिन पनि थियो । अत्याधुनिक सुविधासम्पन्न यस भवनमा पहिलोपटक बेल नामका बेलायती दूतावासका कर्मचारी भाडामा बसेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया