Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा ओप्पो एफ१५ चाँडै सार्वजनिक हुने

नेपालमा ओप्पो एफ१५ चाँडै सार्वजनिक हुने


काठमाडौं, फागुन २८
ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी विस्तारै दिन थालेको हो । ओपोका ब्राण्ड फ्रेन्ड नायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका ताराहरु शिल्पा मास्के, अनुप विक्रम शाही, नाजिर हुसेन तथा सुपर मोडल सबिता कार्की र मिस नेपाल २०१९ अनुश्का श्रेष्ठ लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धि टिजर पोष्टहरु देखापर्न थालेका छन् ।

ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६मा सार्वजनिक गरेको थियो । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१५ मार्फत थप अगाडी लैजाने तयारी गरेको छ । फोनमा दिइएको स्लिक र फेशनेवल डिजाइनका कारण ओपो एफ१५ले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

ओपो एफ१५ले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ । नयाँ उत्पादन सार्वजनिकका लागि ब्यापक प्रचार गर्न थालिएको देखिएतापनि हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने तत्काल आधिकारिक जानकारी दिएको छैन । तथापी, प्रचार प्रसार नियाल्दा यही महिना भित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ ।

एफ सिरिज अन्तर्गत कम्पनीको पछिल्लो उत्पादन ओपो एफ११ प्रो नोट्चलेस डिस्प्ले र डुअल क्यामेरा सेटअप सहित सार्वजनिक गरिएको थियो भने एफ११मा भने वाटरड्रप डिस्प्ले उपलब्ध गरिएको थियो । ओपो एफ११ सिरिजका दुबै फोनहरुलाई हेलियो पी७० एसओसीद्वारा सञ्चारित थिए भने प्रो भर्जनमा ६ जीबी -याम र १ सय २८ जीबी आन्तरिक सञ्चय क्षमता र एफ ११मा भने ४ जीबी -याम १ सय २८ जीबी रोम रहेको छ । फोनहरुमा एण्ड्रोइड पाईका साथमा कलरओएस सिक्स दिइएको छ । हाल सम्म कम्पनीले ओपो एफ१५का विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया