अल्का अस्पतालको निःशुल्क स्वास्थ्यशिविर, आईभीएफमा १ लाख छुट
काठमाडौं । अल्का अस्पतालले निःशुल्क स्वास्थ्यशिविर आयोजना गर्ने भएको छ । जावलाखेलमा रहेको अल्का अस्पतालले सोमबारदेखि शुक्रबारसम्म निःशुल्क स्वास्थ्यशिविर आयोजना गर्न लागिएको प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए ।
अस्पताल परिसरमा हुने निःशुल्क स्वास्थ्यशिविरमा आईभीएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच गरिने उनले बताए । शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ । शिविरमा सहभागी इच्छुकलाई आईभीएफमा एक लाख छुटको व्यवस्था मिलाइएको छ ।
त्यस्तै एमआरआई र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ । शिविरमा सहभागीहरुले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क लाग्नेछैन । अल्का अस्पतालले यसअघि लमजुङ्ग, मकवानपुर, काभ्रेलगायतका दर्जनौँ जिल्लाहरुमा निःशुल्क स्वास्थ्यशिविर आयोजना गरिसकेको छ । अल्का अस्पताल २०६२ फागुन ३ गतेदेखि सञ्चालनमा आएको हो ।
‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौँ’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल सञ्चालन गरेका हुन् । अल्का अस्पतालमा सय शय्या छ । अस्पतालले केही समयअघि अल्का आईभीएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरउन्नति गरेको थियो । अस्पतालले उपचारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याएर बिरामीहरुलाई सेवा दिँदै आइरहेको छ । अस्पतालमा सुविधासम्पन्न एनआईसीयू कक्ष रहेको छ ।
यसका साथै टेष्ट ट्युब बेबी सेवा, प्रसूति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पुर्ण परीक्षण पनि अस्पतालमा हुँदै आएको छ । नशासम्बन्धी, बाथ रोगसम्बन्धी, यौन तथा छालारोगसम्बन्धी, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट, कलेजो रोग, एनेस्थेसियालगायतका विशेषज्ञहरुबाट अस्पतालले बिरामीहरुलाई सेवा दिने सेवामा पनि अल्का अगाडि छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया