आउटरिचले चीनमा २ वटा कांस्य पुरस्कार जित्यो
काठमाडौं । चीनमा सम्पन्न भएको ईसीआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले दुईवटा पुरस्कार जितेको छ । आउटरिचले प्रोडक्ट एण्ड मोडेल इनोभेसन र मार्केट्रिङ इनोभेसन गरी दुई विधामा कांस्य पुरस्कार जित्न सफल भएको हो ।
ग्लोवल ईसीआई अवार्ड २०२२ को विजेताहरुको घोषणा गत शुक्रबार गरिएको थियो । अवार्डअन्तर्गतका तीन विधाहरु प्रोडक्ट एण्ड मोडेल इनोभेसन, मेटाभर्स एप्लिकेसन इनोभेसन र मार्केट्रिङ इनोभेसनतर्फ स्वर्ण, रजत र कांस्य अवार्ड विजेताहरुमा हङकङ, स्विट्जरल्यान्ड, इटाली, क्यानडा, नेपाल, अमेरिका, यूके, साउदी अरेबिया, ब्राजिल, थाइल्याण्ड, ताईपेई सिटी र अष्ट्रिया लगायतका देशहरु रहेका छन् । समारोहमा ईसीआई अवार्डका सभापति लिजोन जियाले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नुपरेको बताए ।
ईसीआई अ्वार्ड, अन्तर्राष्ट्रिय उद्यमी, क्रिएटिभ र इनोभेटर्स संघद्वारा स्थापना गरिएको हो । यो अवार्ड नव प्रवर्तनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया