सामसङद्वारा वासिङ मेसिनको इन्भर्टर मोटर्स र रेफ्रिजेरेटर्सको इन्भर्टर कम्प्रेसरमा २० वर्षको वारेन्टी
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षको वारेन्टी प्रदान गर्दै नयाँ आयामको सुरुवात गरेको छ ।
सामसङको यो पहलले आफ्ना उत्पादनहरूमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबुत बनाएर ग्राहकहरूको मन जित्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसले ई–वेष्ट न्यूनीकरण गर्ने र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरणहरू प्रदान गर्दै दिगो जीवनशैली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई प्रस्तुत गरेको छ । आधुनिक प्रविधिमा अग्रसर सामसङले आफ्ना प्रोडक्टहरुमा एडभान्स डिजिटल इन्भर्टर कम्प्रेसर र डिजिटल इन्भर्टर मोटर प्रयोग गरी, आफ्ना उपकरणहरुको गुणस्तरलाई अझ मजबुत बनाई उपभोक्ताको विश्वास सजिलै जित्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार डिजिटल इन्भर्टर टेक्नोलोजीले ऊर्जा दक्षता र कार्यसम्पादनमा फ्रिज र वासिङ मेसिनजस्ता ठूला उपकरणहरू लामो समयसम्म टिक्नेलगायत धेरै कुराहरूमा प्रभाव पार्छ । २० वर्षको वारेन्टीको सुविधाले यस कोर कम्पोनेन्टहरुको एकताको सुरक्षा गर्दै उपकरणहरूको प्रयोग समेत विस्तार गर्ने बताइएको छ ।
यस्तै डिजिटल इन्भर्टर कम्प्रेसरले मानक सिंगल–स्पिड कम्प्रेसरको विपरीत एकनासको गतिमा काम गर्न सक्छ, जसको मद्दतले बन्द गर्ने वा पूर्ण गतिमा सञ्चालन गर्ने भन्ने कुरा निर्धारण गर्छ । डिजिटल इन्भर्टर कम्प्रेसर लगभग सधैँ सक्रिय हुन्छन् तर यसले फरक गतिमा पनि काम गर्न सक्ने कम्पनीको भनाइ छ । यसको महत्वपूर्ण कुरा भनेको लागत बचत, कम कार्बन फुटप्रिन्ट, कम आवाज र कम्प्रेसरलाई लामो समयसम्म टिकाउने हो । साथै सामसङको डिजिटल इन्भर्टर टेक्नोलोजीले सबै उपकरणहरूमा दिगोपनको साथ आफैंमा अलग पहिचान बनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया