लुक्ला विमानस्थलमा बढ्यो राजधानी फर्किने यात्रुको चाप
सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट राजधानी फर्किने यात्रुको चाप अत्यधिक बढेको छ । मौसम प्रतिकूलताका कारण पछिल्लो केही दिन उडान ठप्प हुँदा अहिले लुक्लाबाट राजधानी फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
अहिले तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट दैनिक सातवटाभन्दा बढी उडान भइरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको प्राधिकरण प्रमुख महेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौँ तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिएर आउने गरेका छन् भने फर्किँदा लुक्लाबाट यात्रु लिएर जाने गरेका छन् ।
चिसो छल्न खुम्बु छोड्ने स्थानीयको संख्या बढेसँगै फर्किने यात्रुको चाप अधिक भएको हो । जसका कारण एयरलाइन्सहरुको टिकट काउन्टरहरुमा पनि यात्रुको चाप अधिक रहेको बताइएको छ । मौसमका कारण पुस १४ गतेबाट उडान ठप्प बनेको लुक्लामा मौसममा सुधार भएसँगै सोमबारबाट नियमित उडान भइरहेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्ला सोलुखुम्बुले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया