काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले ए–सिरिजअन्तर्गत ग्यालेक्सी ए०४इ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ए–सिरिजको यो पछिल्लो ग्यालेक्सी ए०४इ एउटा इन्ट्री–लेभल फोन हो, जसमा ३ जीबी ¥याम र ३२ जीबी इन्टरनल मेमोरी रहेको छ ।
साथै यसमा थप एक टीबी एक्सटर्नल स्टोरेज स्पेस माइक्रो एसडी कार्डद्वारा जोड्न सकिन्छ । यो फोनको प्रमुख विशेषता भने यसको डिस्प्ले र क्यामरा रहेको कम्पनीको भनाइ छ । नयाँ ग्यालेक्सी ए०४ इको मूल्य १३ हजार चार सय ९९ रुपैयाँ रहेको छ । फोनमा तीनवटा क्यामेरा समावेश छन् । यसको रेअरमा डुअल क्यामेरा छन्, जसमा मेन क्यामेरा १३ एमपी रहेको छ भने दुई एमपीको डेप्थ क्यामेरा छ । यस्तै फ्रन्ट साइडमा पाँच एमपी क्यामेरा रहेको छ । यी तीन क्यामेराहरुको कम्बोबाट उत्कृष्ट फोटोहरु खिच्न सकिने कम्पनीको दाबी छ । ग्यालेक्सी ए०४इको ६.५ इन्च स्क्रिन रहेको छ । कम्पनीका अनुसार यो फोनमा टाइप–सी चार्जिङ पोर्ट छ, जसले अन्य चार्जिङ केबलहरूभन्दा बढी प्रभावकारी र छिटो चार्ज गर्ने विकल्प दिन्छ । यसको पाँच हजार एमएएच ब्याट्रीले ४० घण्टासम्म, विना कुनै चार्जिङको आवश्यकताको स्क्रिन–टाइम दिनसक्छ ।
ग्यालेक्सी ए०४इ कालो, कपरर लाइट–ब्लुको स्टाइलिस मिश्रण भएको रङहरुमा उपलब्ध छ । सामसङको स्मार्टफोन रोस्टरको यो नयाँ फोनले कम्पनीको हरेक मूल्य दायरामा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई समर्थन दिएको छ । नयाँ ग्यालेक्सी ए०४इ आफ्नो प्रतिस्पर्धीहरूभन्दा अधिकतम सुविधाहरु आफ्नो प्रयोगकर्ताहरुको लागि ल्याउनसकेको कम्पनीको दाबी छ । यस्तै नयाँ प्रगतिहरुको कारणले गर्दा सामसङ आफ्नो प्रतिस्पर्धीहरूभन्दा सधैँ अघि हुन सफल रहेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- मोरङमा अवैध जुवा सञ्चालन, प्रहरी मुकदर्शक
तपाईको प्रतिक्रिया