भन्सार जाँचपासमा कठिनाइ भएको अटो व्यवसायीको गुनासो
काठमाडौं । भन्सार जाँचपासका लागि विभागले तोकेको सबै कागजातहरु पेश गर्दा पनि भन्सार जाँच पासमा कठिनाइ उत्पन्न भइरहेको अटोमोबाइल्स व्यवसायीहरुले गुनासो गरेका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट गरी नेपालको भन्सार नाकाहरुमा जम्मा भएका सवारीसाधनहरुको भन्सार जाँच पासमा भइरहेको अवरोधबारे ध्यानाकर्षण गराएका हुन् । भेटमा नाडा पूर्वअध्यक्ष सुनिल खेतानले भन्सार जाँच पासमा देखिएका समस्या तत्काल समाधान गर्न आग्रह गरे । यस्तै नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले कोभिडको समयमा नियन्त्रणमा आएको अनधिकृत आयात अहिले निकै बढ्न थालेकोले यसको नियन्त्रणका लागि विभागले आवश्यक पहल गर्नुपर्ने भन्दै कम्प्युटर बिलिङलाई अनिवार्य गर्नुपर्नेमा जोड दिए ।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले विभिन्न चरणमा ल्याएका नीतिहरुको कारण अटोमोबाइल व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको बताए । बैंक लगायतका वित्तीय निकायहरुले लगाएको उच्च ब्याजदर, अटो लोन हायर पर्चेज कर्जामा जोखिम भार १५० प्रतिशतमा पु-याइएको, बैंकहरुबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको सीमा ५० प्रतिशत पु-याइएको लगायतका कारणले बजारमा सवारीसाधनहरु बिक्री हुन नसकेकोले सवारीसाधन पैठारीकर्ताहरुले भन्सारमा आइपुगेका सवारीसाधनहरुको भन्सार जाँच पास गर्न नसकेको बताए । यस्तै श्रेष्ठले व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनहरुको बिक्री समेत दुई तिहाइले घटेको जानकारी दिए ।
टु ह्विलर समितिका सभापति अभिक ज्योतिले सोही उच्च ब्याज दरका कारण मोटरसाइकलको आयातमा ५० प्रतिशतले कमी आएको बताए भने राजस्व समितिका सभापति आकाश गोल्छाले नेपालमा सवारी साधनको एसेम्बल प्लान्ट खोल्न फिजिबिलिटी नभएका सवारी साधन पैठारीकर्ताहरुले सवारीसाधनको एसेम्बल प्लाण्ट खोल्न फिजिबिलिटी भएका कम्पनीहरुसँग मिलेर आफ्नो ब्राण्डको एसेम्बल गर्न सकिने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन आग्रह गरे ।
छलफलमा महानिर्देशक बुढाले सरकारलाई राजस्व संकलनको दबाब परिरहेको बताउँदै विभागले व्यवसायीहरुको मागलाई यथासम्भव सम्बोधन गर्ने आश्वासन दिए । यस्तै उनले नेपालका भन्सार नाकाहरुमा आइसकेका सवारीसाधनहरुको यथासम्भव भन्सार जाँच पासका लागि आग्रह समेत गरे । साथै नेपालका भन्सार नाकाहरुमा कुन–कुन ब्राण्डका के कति सवारीसाधनहरु छन्, त्यसको तथ्यांक समेत उपलब्ध गराइदिन उनले आग्रह गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया