विद्युत् प्राधिकरणको पोलभाडामा देखिएको विवाद तत्काल समाधान गर्न क्यान महासंघको आग्रह
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपाल विद्युत् प्राधिकरणको पोलभाडाको सम्बन्धमा देखिएको विवाद तत्काल समाधान गरी इन्टरनेट सेवालाई सहज बनाउन आग्रह गरेको छ ।
पोलभाडा सम्बन्धमा देखिएको विवाद समाधानका लागि क्यान महासंघले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक संघ नेपाल (इस्पान) लगायतका सरोकारवालाबीच तत्काल साझा समझदारी बनाउन आग्रह गरेको हो । पोल भाडाबापतको महशुल नबुझाएको भन्दै पछिल्ला केही दिनमा देशका विभिन्न ठाउँमा नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवाप्रदायकको विद्युत् लाइन काटिदिएपछि इन्टरनेट सेवा अवरुद्ध बनेको छ । क्यान महासंघले बिहीबार एक विज्ञप्ति जारी गरी इन्टरनेट अहिले राज्यको अत्यावश्यक सेवा र मानवअधिकारको रुपमा स्थापित भइसकेकोले जुनसुकै बहानामा सेवा बन्द हुनु वा बन्द गराउनु गम्भीर विषय भएको उल्लेख गरेको छ ।
यसबाट सामान्य नागरिकदेखि सार्वजनिक संघ/संस्था, उद्योग व्यवसाय तथा सरकार समेतलाई प्रत्यक्ष असर पुग्ने भएकाले सम्बन्धित निकायहरूले यो जटिल परिस्थितिलाई समयमै नियन्त्रण र व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्ने क्यान महासंघको भनाइ छ । उपभोक्तासँग प्रत्यक्ष जोडिएको विषय भएकाले राज्य र मातहतका निकायबीच तत्काल समन्वय गरी आवश्यक निर्णय/निर्देशन दिई भविष्यमा पुनः यस्ता जटिलता नआउने गरी इन्टरनेट सेवा प्रवाहलाई सहज बनाउन यथाशीघ्र स्पष्ट नीति र निर्देशन तर्जुमा गर्न पनि क्यान महासंघले आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया