Techie IT
×
गृहपृष्ठकर्पोरेटचांगन अटोको ‘इन्ट्रेस्ट फ्रि, दिस २०२३’ अफर सार्वजनिक

चांगन अटोको ‘इन्ट्रेस्ट फ्रि, दिस २०२३’ अफर सार्वजनिक


काठमाडौं । चांगन अटो नेपालले नयाँ वर्ष २०२३ लाई लक्षित गरी ‘इन्ट्रेस्ट फ्रि, दिस २०२३’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत चांगनको प्रिमियम सेडान ‘एल्सभिन’ लिन इच्छुक ग्राहकहरुलाई २०२३ वर्षभरि शून्य प्रतिशत ब्याजदरमा साधन उपलब्ध गराइने भएको छ ।

साथै चांगनको प्रिमियम पिक–अप ‘हन्टर’को बिक्री मूल्यमा पाँच लाखसम्मको फाइदा दिइने व्यवस्था रहेको कम्पनीले जनाएको छ । चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएसँगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउँदै आइरहेको छ । साथै कम्पनीले चांगन गाडीको ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित शोरुममा गई गाडीको अवलोकन गरी टेस्ट राइड समेत गर्न सक्नेछन् । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया