Techie IT
×
गृहपृष्ठकर्पोरेटकर्णाली जलस्रोत लिमिटेडको आठौँ साधारणसभा, साउन पहिलो हप्ता बिजुली

कर्णाली जलस्रोत लिमिटेडको आठौँ साधारणसभा, साउन पहिलो हप्ता बिजुली


काठमाडौं । कर्णाली जलस्रोत लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न साधारणसभाले कम्पनीका अध्यक्ष लोकबहादुर राउतले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।

सभामा अध्यक्ष राउतले कर्णाली जलस्रोत लिमिटेडको साहयक कम्पनी हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीमार्फत लगानी भइरहेको माथिल्लो चौरी खोला जलविद्युत् आयोजनाको काम तीव्र गतिमा भइरहेको जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंकको अगुवाइमा कृषि विकास बैंकले समेत लगानी गरेको उक्त आयोजनाबाट अगामी साउन पहिलो हप्ता बिजुली बाल्ने गरी काम भइरहेको राउतले बताए ।

काभ्रेमा निर्माण भइरहेको छ मेगावाटको उक्त आयोजनाको इलेक्ट्रो मेकानिकल सप्लायर छनोट भई एलसी खोल्ने काम समेत सम्पन्न भइसकेको साधारणसभामा जानकारी दिइएको छ । त्यस्तै हाइड्रो मेकानिकल सप्लाईको लागि एलसी खोल्ने काम अन्तिम चरणमा पुगेको छ भने प्रसारणलाइनको सर्भे लाइसेन्स लिएर प्रतिवेदन तयार भएको र निर्माण अनुमति लिने प्रक्रियामा रहेको हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका अध्यक्ष जुद्धबहादुर गुरुङले जानकारी दिए ।

उक्त आयोजनामा अनुमानित लागत ११२ करोड रहेकोमा ३५ प्रतिशत लगानी कम्पनीले र बाँकी ६५ प्रतिशत लगानी राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले गरेका छन् । त्यसैगरी कर्णाली जलस्रोत लिमिटेडका सेयरधनीकै लगानीमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईने मंगले क्षेत्रमा ४.७५ मेगावाटको स्यानो खोला जलविद्युत् आयोजनाको काम पनि सुरु गरिएको अध्यक्ष रावतले साधारणसभामा जानकारी दिए ।

नेपाल विद्युत् प्राधिरकणसँग विद्युत् खरिद सम्झौता र विद्युत् विकास विभागसँग उत्पादन इजाजतको लागि अन्तिम चरणको काम भइरहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सेयरधनीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष रावतले भनेकै समयमै काम सक्ने गरी काम भइरहेको बताउँदै लगानी थप्न अनुरोध समेत गरे । कर्णाली जलस्रोतका ४२१ सेयरधनी पुगेका छन् ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया