‘अर्थतन्त्रलाई उकास्न निजी क्षेत्र पनि जम्मेवार हुनुपर्छ’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताएका छन् । राजस्व संकलनलगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा रहेको भन्दै उनले अर्थतन्त्र उकास्ने जिम्मेवारी निजी क्षेत्रको पनि भएको बताए ।
तिलोत्तमा चेम्बर अफ कमर्सको नवौँ साधारणसभाको उद्घाटन गर्दै उनले उत्पादन वृद्धि गरेर निर्यात प्रवद्र्धन, औद्योगिक लगानीमार्फत रोजगारी सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरे । पछिल्लो समय राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको उनको भनाइ छ । लक्ष्यअनुसार राजस्व संकलन नहुँदा चालू खर्च धान्न पनि सरकारलाई मुस्किल परिरहेको उनले बताए ।
भन्सार राजस्व प्रभावकारी नहुँदा पनि राजस्व लक्ष्यअनुसार उठ्न नसकेको अध्यक्ष मल्लले बताए । भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए । नेपाल भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेको भन्दै अध्यक्ष मल्लले सीमा व्यवस्थापन हुनेबित्तिकै कम्तीमा ४० प्रतिशत राजस्व वृद्धि हुने बताए । आयातलाई व्यवस्थित गरेर निर्यात प्रवर्द्धन गर्नका लागि सरकारसँग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको उनको भनाइ थियो । सरकारले करको दायरा फराकिलो पारेर राजस्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा समेत उनले जोड दिए ।
कर राजस्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको उनको भनाइ थियो । अनुशासित व्यवसाय, पारदर्शी कर प्रणाली सम्बन्धमा निजी क्षेत्र सदैव प्रतिबद्ध रहेको मल्लले बताए । आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसँग हातेमालो गर्न आफूहरु तयार रहेको उनले जानकारी दिए । खुद्रा पसलदेखि होलसेलसम्मै बिलबीजकको व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया