काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू भी२३ई र वाई५३एसमा भारी मात्रामा मूल्य घटाएको छ । कम्पनीले भी२३ई को दुवै संस्करणमा पाँच हजार रुपैयाँले मूल्य घटाएको छ । अब भी२३ई ८जीबी+१२८ जीबीको मूल्य ३६ हजार नौ सय ९९ रुपैयाँ र भी२३ई ८ जीबी+२५६ जीबी संस्करणको मूल्य ४१ हजार नौ सय ९९ रुपैयाँ बनाएको कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनीले वाई५३एस को मूल्य चार हजार रुपैयाँले घटाएर ३० हजार नौ सय ९९ रुपैयाँ बनाएको छ । यो नयाँ मूल्य जनवरी ०१, २०२३ देखि जनवरी ३१, २०२३ सम्म भिभोका सबै रिटेल स्टोरहरू र इ–कमर्स वेबसाइटहरूमा लागू हुने कम्पनीले जनाएको छ । भिभो नेपालका सीईओ माइकलले भिभोमा कम्पनीले सधैँ ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन र उनीहरूका लागि थप पहुँचयोग्य बनाउने तरिकाहरू खोजिरहने बताए । भी२३ई र वाई५३एस मा मूल्य घटेको घोषणा गरी कम्पनीले ग्राहकहरूका लागि यो प्रतिबद्धता पूरा गरेको समेत बताए । उनका अनुसार यी दुवै लोकप्रिय स्मार्टफोनहरूमा उत्कृष्ट क्यामेराहरू छन्, जसले प्रयोगकर्ताहरूलाई आफ्ना सबै विशेष क्षणहरू खिच्न मद्दत गर्दछ ।
कम्पनीका अनुसार भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ, जसमा एआई एक्स्ट्रिम नाइट पोट्रेट र मल्टी–स्टाइल पोट्र्रेटजस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् । भी२३ई को रियर क्यामेराहरूमा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगल क्यामेरा, र २एमपी म्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा सेटअप छ । यसको सुपर नाइट मोडले कम उज्यालो अवस्थाहरूमा एआई मल्टिपल फ्रेम डिनोइजिङको सहायताले कम प्रकाश अवस्था, ब्राइटनेसको सन्तुलन र अँध्यारोमा उत्कृष्ट प्रदर्शन गर्दछ । यसमा ८जीबी -याम छ र रोममा दुई विकल्पहरू १२८जीबी र २५६जीबी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ । यसबाहेक भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस१२ छ ।
वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टीबीसम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीबी ¥याम र एक्सटेन्डेवल -याम छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया