खेलहरूको प्रवर्द्धनमा खुकुरी रमको सहकार्य
काठमाडौं । दि नेपाल डिस्टिलरिजको उत्पादन ‘खुकुरी रम’ले खेल प्रवर्द्धनमा समेत ध्यान दिन थालेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रवर्द्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको हो ।
हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य सहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो । गल्फ खेलको प्रवर्द्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि आफूहरुले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टिलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिइन् ।
खुकुरी रमले खेलहरुको प्रवर्द्धनका लागि यस्ता इभेन्टहरुमा सहकार्य यसअघि पनि गर्दै आएको थियो । यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेष्ट प्रिमियर लिगमा समेत आफूहरुले सहकार्य गरेको अधिकारीले बताइन् । आफूहरुले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिको रुपमा रहेका खेलाडीहरुको मनोबल समेत वृद्धि हुने अपेक्षा गरेको उनको भनाइ छ ।
खुकुरी रमले आगामी दिनमा समेत खेलहरुको प्रवर्द्धनमा सहकार्यको यो श्रृंखलालाई जारी राख्ने उनले बताइन् । खुकुरी रमले हिमाल सरसफाइ, दुर्गमका अतिविपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीमा सहयोगजस्ता सामाजिक सेवामा समेत आफ्नो सक्रियता देखाउँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया