Techie IT
×
गृहपृष्ठकर्पोरेटफाप्लुबाट खुम्बुतर्फ कार्गाे ढुवानी

फाप्लुबाट खुम्बुतर्फ कार्गाे ढुवानी


सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलबाट चार महिनामा दुई सय ५५ टनभन्दा बढी कार्गो खुम्बु ढुवानी गरिएको छ । विमानस्थलबाट गत भदौदेखि हालसम्म २५५.५०८ टन कार्गाे लुक्ला ढुवानी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।

कार्यालयको तथ्यांकअनुसार भदौमा एक लाख ५५ हजार नौ सय ५० किलो, असोजमा १४ हजार दुई सय ८४ किलो, कात्तिकमा सात हजार तीन सय २० किलो, मंसिरमा एक हजार आठ सय चार किलो र पुसको हालसम्म एक हजार चार सय ५० किलो सामग्री ढुवानी गरिएको हो । जसमा निर्माण सामग्री, खाद्यान्न, काठलगायतका सामग्री रहेको विमानस्थल प्रमुख भानुभक्त आचार्यले बताए ।

उक्त सामग्रीहरु विमान तथा हेलिकप्टरमार्फत ढुवानी गरिएको हो । खुम्बुको पालिका केन्द्रसम्म सडक सञ्जाल पुग्न नसक्दा सो क्षेत्रमा हवाइ सेवामार्फत निर्माण सामग्रीदेखि खाद्यान्न समेत ढुवानी गर्ने गरिएको छ । खुम्बुमा अधिकांश सामग्रीहरु काठमाडौं तथा मन्थलीबाट जहाजमार्फत ल्याइने गरेको छ भने कम मात्रामा सदरमुकामस्थित फाप्लु विमानस्थलबाट पनि ढुवानी गर्ने गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया