काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौंमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ ।
पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात् बिहीबार ज्वेलरी फेसन शो आयोजना गरिने संघले जानकारी दिएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पु-याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन् । ज्वेलरी फेसन शोमा बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मल्लैका अरोराले नेपाली पोशाक र गरगहनाका साथ ¥याम्पमा उत्रिने संघले जनाएको छ । होटल याक एन्ड यतिमा बिहीबार साँझ ६ बजे बलिउड अभिनेत्री अरोराले मोडलिङ्ग गर्न लागेका हुन् । निःशुल्क रुपमा प्रवेश पाइने जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटन भने शुक्रबार होटल याक एन्ड यतिमा १२ः ३० मा हुने तय भएको छ । एक्स्पो बिहान १० देखि साँझ ७ बजेसम्म चालू रहनेछ ।
आयोजक समितिका द्वितीय उपाध्यक्ष तथा एक्स्पो संयोजनक शक्ति कुमार बेगानले भने, ‘ज्वेलरी फेसन शो’मा विख्यात भारतीय सिने अभिनेत्री एवं सञ्चारकर्मी मलैका अरोरा नेपाली पोशाक र आभूषणमा ¥याम्पमा प्रस्तुत हुँदा आरबी डाइमण्ड ज्वेलर्स प्रा.लि., गणपति ज्वेलर्स नेपाल प्रा.लि., सयपत्री (मेरिगोल्ड) ज्वेलर्स, क्विन्स ज्वेल्स प्रालि, धनश्री ज्वेलर्स, डीसी डाइमण्ड प्रालि आदि विभिन्न प्रमुख ज्वेलर्स कम्पनीहरुले फेशन शो गर्नेछन् ।’
यस्तै संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले चालू पुँजी कर्जा संशोधनले तात्विक असर नगरेको र कर्जा ब्याजदर एकलविन्दुमा झारेमा मात्र गरगहनाको लागतमा कम पर्न गई मूल्य घट्न जाने बताए । १५ लाख जना यो व्यवसायसँग अप्रत्यक्ष रुपमा आश्रित रहेको र २५ हजारवटा आउटलेट रहेको यो व्यवसायले वार्षिक १० अर्बको राजस्व बुझाउँदा पनि अनुत्पादक क्षेत्र भनेकोमा उनले गुनासो गरे ।
स्वदेशी बहुमूल्य धातु तथा रत्न, पत्थरको उत्खनन, प्रशोधन र उपयोग गरी आयातलाई यथाशक्य प्रतिस्थापन गर्ने, आयातित वस्तुलाई औद्योगिक कच्चा पदार्थको रुपमा मुलुकभरका आभूषण व्यवसायीहरुले सहजरुपमा आवश्यकतानुसार उपयोग गर्नसक्ने अवस्थाको सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा बढीभन्दा बढी मूल्यअभिवृद्धि गर्ने र नेपाली मौलिक बहुमूल्य आभूषणको निकासीलाई प्रवर्द्धन गरी वैदेशिक व्यापारमा यस क्षेत्रको योगदानलाई थप विस्तार गर्ने लक्ष्यका साथ आफ्ना गतिविधिहरुलाई संघले केन्द्रित गरिरहेको संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले बताए । हिरा, जवाहरात आदि बहुमूल्य रत्न तथा पत्थरको बहुमूल्य आभूषण उत्पादन एवं कारोबार गर्ने नेपाल रत्न तथा आभूषण संघ (नेग्जा) ले नेपाली पत्थरको प्रवर्द्धनका लागि पनि एक्स्पो सहायक सिद्ध हुने जनाएको छ ।
काइनाइट, ट्रुमिलिनजस्ता नेपाली पत्थरका साथ नेपाली शैलीका नेपालमा उत्पादिन गरगहनाको माग विदेशमा बढाउन र विदेशमा छरिएर रहेका नेपालीहरुको ध्यानाकृष्ट गराउन एक्स्पोको आयोजना गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । टाइटल स्पोन्सरको रुपमा रहेको न्युड (द नेपाल डिस्टिलरी)का सुदिक्षा अधिकारीले नेपाली उत्पादन विश्वमा चिनाउन लागिएकोले आफूहरुले सहभागिता जनाएको बताए । अर्का स्पोन्सर एईसीसीका शैलेश झाले नेपाली सीप र कलाकौशललाई विश्व बजारमा पु-याउन एक्स्पोको आयोजना गरिएको बताए । लामो समय चालू रहेको लकडाउनले समग्र व्यापार व्यवसायमा नै गम्भीर प्रतिकूल असर पर्न गएको र उच्च मूल्यको वस्तुको कारोबार गर्ने व्यवसाय भएकोले आभूषण क्षेत्र झनै तहसनहसको अवस्थामा पुगेको संघले जनाएको छ ।
यस व्यवसायमा आवश्यक पर्ने कच्चापदार्थको आयातप्रति राज्यको दृष्टिकोण स्पष्ट नहुँदा र आयातको लागि अख्तियारी प्राप्त निकायमा व्यावसायिक सोचभन्दा पनि कर्मचारीगत सोच हावी भएकोले माग र आपूर्तिबीचको सन्तुलन मिल्न नसक्दा यो एउटा स्थायी समस्याको रुपमा देखा परेको संघले उल्लेख गरेको छ । महामारी नियन्त्रणमा आयपछि उद्योग, व्यापार, व्यवसाय आदिमा केही रक्त सञ्चार हुँदै आएको छ र आभूषण व्यवसायका साथै मुलुकको समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश पुगोस् भनेर पनि इभेन्टको आयोजना गर्न लागिएको कार्यक्रममा बताइएको थियो ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया