काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै अपेक्षाकृत राम्रो बजार साख हासिल गर्न सफल ब्राण्ड रिभरसङले नयाँ मोडलको स्मार्टवाच नेपाली बजारमा भित्र्याएको छ ।
चीनको बहुराष्ट्रिय मोबाइल एक्सेसरिज तथा वेरेबल उत्पादक रिभरसङ विश्वबजारमै पछिल्लो समयमा तीव्रताका साथ अगाडि बढिरहेको ब्राण्ड हो । विश्वका ६० वटाभन्दा बढी देशहरुमा बिक्री वितरण हुँदै आएको ब्राण्ड रिभरसङ नेपाली बजारमा प्रवेश गरेको चार महिनामै एक दर्जनभन्दा बढी मोडलका स्मार्टवाच तथा इअरबड्सहरु नेपाली बजारमा भित्र्याइसकेको छ ।
मोबाइल एक्सेसरिज तथा वेरेबलको बजार विकास र विस्तारमा देशकै अग्रणी कम्पनीको रुपमा स्थापित भएको केमियो इन्टरनेशनल प्रालिले आफ्नो दोस्रो ब्राण्डको रुपमा रिभरसङलाई नेपाली बजारमा ल्याएको हो । रिभरसङ नेपालको मुख्यालय बागदरबारमा आयोजित एक विशेष कार्यक्रममा रिभरसङको नयाँ स्मार्टवाच मोटिभ सिक्स एस सार्वजनिक गरिएको हो ।
आयातकर्ता केमियो इन्टरनेशनलका अध्यक्ष उपेन्द्र साहले मुख्यालयमा रिभरसङ मोटिभ सिक्स एस सार्वजनिक गर्दै यसका विशेषताहरु प्रस्ट्याए । मोटिभ सिक्स एसमा ५० भन्दा बढी फिटनेस ट्र्याकिङ अप्सन रहेका छन् भने यसको हर्ट रेट मनिटर निक्कै प्रिसाइज्ड रहेको कम्पनीले जानकारी दिएको छ । ब्लुटुथ कलिङ अप्सन रहेको यस स्मार्टवाचको अडियो क्वालिटी समेत निक्कै उच्च रहेको रिभरसङको मोटिभ सिक्स एसको अधिकतम बिक्री मूल्य छ हजार चार सय २५ रुपैयाँ तोकिएको छ ।
आफ्ना सबै स्मार्टवाचमा एक वर्षको वारेन्टी प्रदान गर्ने रिभरसङले बिक्रीपश्चात्को सेवालाई निकै चुस्त र प्रभावकारी बनाउँदै आएको छ । देशभरि छरिएर रहेका बिक्री केन्द्रहरु र अनलाइनमा समेत उपलब्ध रिभरसङका उत्पादनहरुमा रहेको मूल्य र गुणस्तरीयताबीचको सन्तुलनले उपभोक्ता यस ब्राण्डप्रति आकर्षित भएका हुन् भने ग्राहक सेवामा केमियो इन्टरनेशनलले देखाएको तदारुकताले उपभोक्ताको मन सहजै जित्न सफल भएको देखिन्छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया