विद्युत् आपूर्तिमा भएको अवरोधप्रति तीनवटा व्यावसायिक संस्थाको विरोध
विराटनगर । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित नगरी पटक–पटक विद्युत् अवरोध गरेकामा मोरङमा तीनवटा व्यावसायिक संस्थाले विरोध गरेका छन् ।
उद्योग व्यवसायको सञ्चालनका लागि आधारभूत वस्तुका रुपमा रहेको विद्युत् आपूर्तिमा विगत केही समययता निरन्तर अवरोध भइरहेको छ । विद्युत्मा आएको अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले विरोध गरेको हो ।
‘विगतको अस्थिर र अन्योलको वातावरण, शिथिल अर्थतन्त्र एवं वित्तीय क्षेत्रको विद्यमान समस्याका कारण मारमा रहेको उद्योग व्यवसाय क्षेत्रमा दैनिक १० देखि १५ पटकसम्म हुने ट्रिपिङ तथा दैनिक रुपमा सातदेखि आठ घण्टासम्म विद्युत् आपूर्तिमा भएको कटौतीले मरणासन्न अवस्थामा पुगेको छ’, ती संस्थाहरुले जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय क्षेत्रमा विद्यमान समस्या समाधानका लागि आन्दोलनरत निजी क्षेत्र नयाँ सरकारको गठन भएसँगै समस्या समाधानमा सकारात्मक पहल हुने कुरामा आशावादी रहँदै ‘पर्ख र हेर’को अवस्थामा पुनः विद्युत् आपूर्तिमा अवरोध भई उद्योगी व्यवसायीमाथि बज्रपात थपिएको जनाएका छन् ।
‘यसरी वित्तीय क्षेत्र, विद्युत्को क्षेत्रलगायत एकपछि अर्को समस्याहरु थपिरहने, कहिले कुन बेला कस्तो अवस्था आउँछ, पूर्वानुमान गर्न नसकिने अवस्था एकातिर रहेको छ भने यस्ता समस्या समाधानमा सरोकारवाला निकायबाट खासै उल्लेख्य काम नहुने अवस्थाले औद्योगिक क्षेत्रको सञ्चालन भगवान् भरोसाको अवस्थामा पुगेको छ’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया