दाङ्गको लमहीमा सिद्धार्थ होटल ग्रिन लुम्बिनी सञ्चालनमा
काठमाडौं । दाङ्गको लमहीमा सिद्धार्थ होटल ग्रिन लुम्बिनी सञ्चालनमा आएको छ । होटल ग्रिन लुम्बिनीे प्रालिले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिसँग व्यवस्थापकीय साझेदारीमा दाङ्गको लमहीमा होटल सञ्चालनमा ल्याएको हो ।
होटलको शुभारम्भ शुक्रबारबाट भएको होटल ग्रिन लुम्बिनीे प्रालि अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए । अध्यक्ष भण्डारीले लुम्बिनी प्रदेशमा आन्तरिक र बाह्य पर्यटकहरुलाई भित्र्याउँदै यस क्षेत्रको समृद्धिमा सहयोग गर्ने अपेक्षासहित आफ्ना गतिविधि सञ्चालनमा राख्ने जानकारी दिए । सिद्धार्थ हस्पिटालिटी ग्रुपले व्यवस्थापकीय साझेदारीको रुपमा लिएको होटल ग्रिन लुम्बिनीेमा २० वटा अत्याधुनिक सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि तीनवटा फरक–फरक क्षमता भएका हल, पारिवारिक वातावरण भएको रेष्टुरेन्ट, प्राइभेट डाइनिङ हल, बार, स्विमिङ पुल, स्पालगायतका सुविधाहरु उपलब्ध छन् । निकट भविष्यमा ४२ वटा अत्याधुनिक सुविधायुक्त कोठा, जिम, हेल्थ क्लब, साथै चार तारे स्तरीय सुविधा दिने योजना रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
होटल, रेष्टुरेन्ट, रिसोर्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्युटजस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले देशका विभिन्न स्थानहरुमा ३० वटा शाखामार्फत गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै आएकोे छ । आफ्नो सेवालाई विस्तार गर्ने क्रममा सिद्धार्थ ग्रुपले दाङ्गको लमहीस्थित होटल ग्रिन लुम्बिनीमा पनि व्यवस्थापकीय साझेदारीसहित सेवा विस्तार गरेको हो । दाङ्ग लगायत लुम्बिनी प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ सिद्धार्थ गु्रपले देशका अन्य प्रमुख सहरहरुमा पनि त्यहाँका व्यवसायीहरुसँग व्यवस्थापकीय सहकार्य गरेर सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ । सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ भने भैरहवामा पाँचतारे होटल सञ्चालनको तयारीमा छ । ग्रुपले स्थानीयलाई रोजगारीको अवसर प्रदान गर्ने र स्थानीय उत्पादित सामानहरुलाई प्रोत्साहन दिनुका साथै बजारीकरण गर्न सधैँ प्रयत्नशील रहेकोमा दाङ्गमा पनि सो कार्यलाई निरन्तरता दिइने उल्लेख गरेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया