Techie IT
×
गृहपृष्ठकर्पोरेटडीजी पेमा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने

डीजी पेमा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने


काठमाडौं । डिजी पे प्रालि र ट्वेन्टी फर्स्ट टेक प्रा.लि. बीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पे प्रालिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बानेश्वरस्थित सामाजिक सञ्जालको डिजिटल मार्केटिङ तथा वेबसाइट र एप बनाउने एक उत्कृष्ट संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको हो ।

सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यवसाय आबद्ध योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यवसायीहरुले डिजिटल मार्केटिङद्वारा आफ्नो बजार विस्तार गर्न सक्नेछन् । ट्वेन्टी फस्र्ट टेक प्रालिको सौजन्य ३० हजार रुपैयाँ पर्ने प्रिमियम प्याकेज मात्र १५ हजार रुपैयाँमा गर्न सक्नेछ । साथै वेबसाइट र एप तथा अन्य विभिन्न सेवाहरु आफ्नो व्यावसायिक आवश्यकताअनुसार ५० प्रतिशतसम्मको छुटमा बनाउन सक्नेछ । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया