शिवम् सिमेन्टले १० प्रतिशत नगद लाभांश दिने
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सातौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीहरुलाई १० दशमलव ५३ प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा शुक्रबार हेटौँडास्थित होटल सामनामा सम्पन्न उक्त साधारणसभाले आ.व. २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै उक्त सभाबाट आगामी चार वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव सारडा र शैलजा राई गरी पाँच जना सञ्चालकहरु निर्वाचित भएका थिए । साथै सभास्थलमा बसेको नवनिर्वाचित सञ्चालकहरुको बैठकबाट सञ्चालक गौरव गोयललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । साथै सोही सभाबाट सञ्चालक समितिले नियुक्तिका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरेबमोजिम नेपाल सरकारका पूर्वसचिव समेत रहेका चन्द्र कुमार घिमिरेलाई स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालक पदमा नियुक्तिको अनुमोदन समेत गरी छ सदस्यीय सञ्चालक समिति गठन गरेको कम्पनीले जनाएको छ ।
यस्तै सभाले आव २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको थियो भने आव २०७९/०८० को आय व्ययको लेखापरीक्षण कार्य गर्नका लागि सुबोध एसोसिएट्स एण्ड चार्टर्ड एकाउन्टेन्ट, काठमाडौंलाई लेखापरीक्षकमा नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत पारित गरिएको कम्पनीले जनाएको छ । साथै कम्पनीमा आबद्ध रही उत्कृष्ट कार्य सम्पादन गर्ने केही कर्मचारीहरुलाई पुरस्कृत गर्ने कार्य समेत गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया