‘हवाइ दुर्घटनाले मुलुकको पर्यटन उद्योगमा प्रतिकूल प्रभाव’
काठमाडौं,नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रलाई नै स्तब्ध बनाई ७२ जनाको ज्यान जाने गरी भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
‘आन्तरिक उडानतर्फ अहिलेसम्मकै यस ठूलो दुर्घटनाका कारण विभिन्न व्यावसायिक क्षेत्रमा स्थापित स्वेदशी तथा विदेशी व्यक्तित्वहरू समेत गुमाउनुपर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक क्षेत्र समेत अत्यन्त दुःखित भएको छ’, महासंघका महासचिव रोशन दाहालद्वारा सोमबार जारी शोक विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय शोकको यस घडीमा महासंघले दुर्घटनामा परी असमायिक स्वर्गारोहण भएका यात्रु तथा चालकदलका सदस्यको आत्माको चिरशान्तिको कामना गर्दै दिवंगत सबैप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरी शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।यस्तै महासंघले दुर्घटनाले कोभिडपछि फस्टाउँदै गरेको मुलुकको पर्यटन उद्योगमा अत्यन्त प्रतिकूल प्रभाव पार्ने जनाएको छ ।
‘पछिल्ला केही वर्षहरूमा आन्तरिक उडानका क्रममा बेला बखत भइरहेका दुर्घटनाले कमजोर आर्थिक अवस्थाबीच पनि फस्टाउँदै गरेको मुलुकको पर्यटन उद्योगमा अत्यन्त प्रतिकूल प्रभाव परी देशको समग्र अर्थतन्त्रमा नै गम्भीर असर पर्ने निश्चित छ’, महासंघले भनेको छ । आन्तरिक उड्डयन क्षेत्रलाई भरपर्दो तथा सुरक्षित बनाई भविष्यमा यस किसिमका अत्यन्त त्रासद घटना दोहोरिन नदिन तत्काल सम्भव भएका सबै उपाय अपनाउन महासंघले सरकारसहित सम्बन्धित सबै पक्षसँग माग समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- महिन्द्राको ‘ट्रियो र यारी’मा नगद छुट र एक्सचेन्ज अफर
- ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया