बलेवा,परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ । जैमिनी ऋषिको तपोभूमि बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षाैँदेखि हुँदै आएको माघे संक्रान्ति मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका रुपमा विकास गरिएको हो ।
जैमिनी ऋषिले तपस्या गरेर ज्ञानआर्जन गरेको थलो जैमिनी धाममा साविक पश्चिमाञ्चल क्षेत्रकै ठूलो व्यापार मेलाका रुपमा यो मेला सञ्चालन हुने गरेको थियो । कालीगण्डकी किनारमा रहेको जैमिनी ऋषिले तपस्या गरेको ठानिने कुटी वरपर मेला लाग्दै आएको थियो । सोही मेलालाई वि.सं. २०४९ देखि कुश्मीशेरा बजारमा सारिएको हो । जैमिनी घाटसमेत नामले परिचित सो स्थानमा मकर नुहाउन जानेको ठूलो भीड हुने गर्दथ्यो । यहाँ तीन माघ नुहाउने अर्थात् माघ १ गतेदेखि तीन दिनसम्म नुहाउने र मेला भर्नेको भीड हुने गर्दथ्यो ।
त्यसलाई पहिले व्यापार मेलाका रुपमा विकसित गरी यहाँका स्थानीय उत्पादनको बिक्रीका साथै स्थानीय प्रतिभाको पहिचानका लागि प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरिएको थियो । यता कुश्मीसेरामा सारेपछि भने सहारा क्लब कुश्मीशेराको आयोजना र जैमिनी नगरपालिकाको समन्वय तथा सहयोगमा मेला गर्न थालिएको हो । यो मेला माघे संक्रान्तिको अवसर पारेर पुस २९ गतेदेखि सुरु हुने गर्दछ र विभिन्न खेलकुद प्रतियोगितासहित सुरु हुने गर्दछ । सो मेलाको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य लिलबहादुर थापाले उद्घाटन गरे ।
मेलाको उद्घाटन गर्दै थापाले बागलुङ दक्षिण क्षेत्रको प्रमुख व्यापार मेलाको रुपमा रहेको मेलालाई युवाले खेलकुद र संस्कृतिसँग जोडेर स्थानीय प्रतिभालाई पनि अवसर दिएकामा खुसी व्यक्त गरेका थिए । जिल्लाको दक्षिण क्षेत्र भौगोलिक हिसाबले सदरमुकाम र प्रदेश सदरमुकामबाट नजिक रहेर पनि पूर्वाधार निर्माणका हिसाबले दुर्गम रहेको सो क्षेत्रको विकासका लागि मेलामा उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्वले चासो व्यक्त गरेका थिए ।
जिल्लाको समग्र विकासका लागि राजनीतिक दलहरुका बीचमा एकमत हुनुपर्नेमा पनि उनीहरुको जोड थियो । सो क्षेत्रको विकासका लागि सभासद थापाले पनि कुनै पूर्वाग्रह नराखी गण्डकी प्रदेशसभाका सदस्यले एकताबद्ध भएर पहल थाल्ने बताए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले बागलुङको विकासका लागि केही पूर्वाधार निर्माणको काम थालनी भइसकेको भन्दै वर्तमान जनप्रतिनिधिलाई निर्माणाधीन कामलाई पूर्णता दिन आग्रह गरे ।
गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले निर्वाचनका समयमा गरेका प्रतिबद्धताअनुसारनै आफूले काम थालेको बताए । उनले पूर्वाधार विकास मात्रै विकास नभएको भन्दै मानवीय, आर्थिक र सामाजिक विकासलाई सँगै लैजानुपर्नेमा जोड दिए । जैमिनी नगरपालिकाका उपप्रमुल हरिहर शर्माले जिल्ला सदरमुकामदेखि पालिका मुकाम जोड्ने सडकनै तत्काल बनाउनैपर्ने अवस्थामा रहेको बताए । उनले नगरले बनाएका योजनामा सहयोग गर्न सङ्घ र प्रदेशसरकारलाई आग्रह गरे ।
मेलामा पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, जैमिनी डान्स आइडल, कृषि मेला प्रदर्शनी, शैक्षिक प्रदर्शनीलगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको सहारा क्लबका अध्यक्ष सुरेश सुनारले बताए । मेला माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा
- नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
- टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
- सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
- सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
- नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली
- वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
- तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सुझाव दिन गठित समितिले किन दियो निजगढ विमानस्थल बनाउने सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया