‘डेस्टिनेसन अष्ट्रेलिया’ कार्यक्रम सुरु
काठमाडौं,जुपिटर मिडियाले टेलिभिजन कार्यक्रम ‘डेस्टिनेसन अष्ट्रेलिया’सुरु गरेको छ । काठमाडौंको मेरियट होटलमा भव्य उद्घाटन कार्यक्रमका बीच टेलिभिजन कार्यक्रम ‘डेस्टिनेसन अष्ट्रेलिया’ सुरु भएको घोषणा गरिएको छ । कार्यक्रममा डेस्टिनेसन अष्ट्रेलियाबारे जानकारी दिने उद्देश्यले एउटा सानो श्रव्य–दृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क, जुपिटर मिडियाका अध्यक्ष प्राध्यापक राजु आचार्यलगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । श्रव्य–दृश्य अवलोकन गर्दै कार्यक्रमकी मुख्य अतिथि राजदूत भोल्कले डेस्टिनेसन अष्ट्रेलिया कार्यक्रमले अस्ट्रेलियाको शैक्षिक प्रणालीबारे यथार्थ जानकारी दिने विश्वास व्यक्त गरिन् ।
राजदूत भोल्कले अस्ट्रेलियाको शैक्षिक संस्था र शिक्षाबारे जानकारी दिँदै नेपाली विद्यार्थीलाई र अष्ट्रेलियालाई जोड्ने पुलको काम कार्यक्रमले गर्नसक्ने बताइन् । अध्यक्ष आचार्यले डेस्टिनेसन अस्ट्रेलिया कार्यक्रम एक उत्कृष्ट शैक्षिक कार्यक्रम बनेकोमा खुसी व्यक्त गर्दै विभिन्न शैक्षिक संस्थान र परामर्श केन्द्रको साथ र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।
कार्यक्रमले नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको उच्च शिक्षा प्रणालीको सम्पूर्ण जानकारी दिने उद्देश्य लिएको बताइएको छ । जुपिटर मिडियाका निर्देशक सुनिल आचार्यले डेस्टिनेसन अष्ट्रेलिया कार्यक्रमले अस्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको सपना पूरा गर्ने बताए ।
जुपिटर मिडिया सधैँ नेपालको शैक्षिक क्षेत्रको स्तरोन्नतिका लागि तत्पर रहेको बताउँदै निर्देशक आचार्यले आगामी दिनमा जुपिटर मिडिया नेपाली विद्यार्थीको उच्च शिक्षा लिने उद्देश्यलाई सहजीकरण गर्दै जाने बताए । कार्यक्रम डेस्टिनेसन अष्ट्रेलियाले अष्ट्रेलियाका पाँच सहरका विश्वविद्यालय र शैक्षिक संस्थाहरूलाई समेटेको छ ।
यसका साथै, कार्यक्रमले हाल अस्ट्रेलियाका विभिन्न भागमा बसोबास गर्ने नेपाली समुदायहरूबीच उनीहरूको व्यक्तिगत र व्यावसायिक सफलतालाई प्रकाश पार्दै अन्तत्र्रिmयात्मक सत्रहरू पनि प्याकेजमा प्रस्तुत गरेको छ । डेस्टिनेसन अष्ट्रेलिया कार्यक्रम न्यूज २४ टेलिभिजनमा समेत प्रसारण हुनेछ। अष्ट्रेलियामा उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूका लागि यो शृंखला लाभदायी हुने आयोजकको अपेक्षा छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया