Techie IT
×
गृहपृष्ठकर्पोरेटबिगमार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

बिगमार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट


काठमाडौं । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिगमार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट अफरअन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिगमार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् । यस अफरअन्तर्गत बिगमार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आईएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, क्यु पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया