Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो वाई२२ सिरिज : सुलभ मूल्यमा असाधारण पर्फमेन्स तथा उत्कृष्ट क्यामेरा

भिभो वाई२२ सिरिज : सुलभ मूल्यमा असाधारण पर्फमेन्स तथा उत्कृष्ट क्यामेरा


काठमाडौं । संसार द्रुतगतिमा विकसित भइरहेको छ, लगभग हरेक प्रकारको व्यापार वा सञ्चार स्मार्टफोनमार्फत सञ्चालन हुने गर्दछन् । किनमेल गर्नदेखि सामाजिक सञ्जाल चलाउन, मनोरञ्जनका लागि तथा नयाँ स्थानहरू खोज्न समेत स्मार्टफोनको प्रयोग हुन्छ । यद्यपि स्मार्टफोन प्रयोगको चेकलिस्ट बनाउँदा छोटो भए पनि यसप्रति हाम्रो निर्भरता धेरै छन् । त्यसैले हामी कम मूल्यमा उच्च गुणस्तरीय स्मार्टफोन मन पराउँछौँ । ग्राहकहरुको यही आवश्यकता टेक्नोलोजी ब्रान्ड भिभोले पूरा गर्दै आइरहेको छ ।

भिभोले केही समयअघि आफ्नो युवाकेन्द्रित वाई सिरिज पोर्टफोलियोमा दुई नयाँ स्मार्टफोनहरू –वाई २२ र वाई २२एस सार्वजनिक गरेको थियो । भिभो वाई सिरिजका स्मार्टफोनहरु सुलभ मूल्यमा प्रिमियम क्यामेरा सुविधाहरू, शक्तिशाली कार्यसम्पादन तथा अन्य आकर्षक विशेषताका लागि परिचित छन् ।

तपाईंको स्टाइलसँग मेल खाने फोन
वाई २२ र वाई २२एस दुई उत्कृष्ट र आकर्षक कलर भेरियन्टमा आउँछन् । यसको स्टारलिट ब्लू कलर भेरियन्टले ब्रम्हाण्डको चम्किलो ताराहरुको आभास गराउँछ । यो फिंगरप्रिन्ट प्रतिरोधी हुनका साथै हातमा बोक्न पनि सहज र आरामदायक छ । त्यस्तै वाई२२ को मेटाभर्स ग्रिन र वाई२२एस को समर क्यान कलर भेरियन्ट मेटाभर्सबाट प्रेरित भएर उन्नत टेक्स्चरिङ प्रविधिहरूमार्फत बनाइएको छ ।

आकर्षक डिजाइन
वाई२२ र वाई२२एस को डिजाइन सरल, सुरुचिपूर्ण भए पनि निकै आकर्षक छ । यो उपकरणको कर्नरहरु स्मुद छ भने यसमा समतल फ्रेम, र २.५डी वक्रता छ । यसमा पछाडि दुईवटा ठूला क्यामेराहरू छन् जसले परिष्कृत र सुन्दर तस्बिरहरु खिच्छ । यसमा एन्टी–ग्लेयर (एजी) फ्रोस्टेड सतह छ जसले स्क््रयाच र फिंगरप्रिन्ट प्रतिरोधी बनाउँदै मजबुत अनुभूति दिन्छ । यसमा साइड फिंगरप्रिन्ट स्क्यानर र फेस वेक प्रकार्यजस्ता नयाँ सुविधाहरू पनि समावेश छन् । साइड फिंगरप्रिन्ट डिजाइनले स्मार्टफोनहरूलाई पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर थप सौन्दर्यपूर्ण रूप दिन्छ । वाई२२ सिरिजको ६.५५ इन्चको एचडी कलर–रिच स्क्रिनले प्रयोगकर्ताहरूलाई एकदम स्पष्ट र गुणस्तरीय जीवन्त दृश्य प्रदान गर्दछ । साथै आँखाको सुरक्षाका लागि आई प्रोटेक्सन मोड पनि छ ।

लामो समयसम्म टिक्ने ब्याट्री
उत्कृष्ट गुणस्तरको क्यामेरा र पर्फमेन्सका लागि ब्याट्रीको पनि उत्तिकै अहम् भूमिका हुन्छ । भिभो वाई२२ सिरिजमा पाँच हजार एमएएच ब्याट्री र १८ वाटको टाइप सी चार्जर छ । यी स्मार्टफोनहरू गेमहरू खेल्न र अनलाइन चलचित्रहरू स्ट्रिम गर्नका लागि पनि उत्तम छन् । वाई २२ मा शक्तिशाली मिडिया टेक हेलियो जी८५ प्रोसेसर छ, भने वाई२२ एसमा स्न्यापड्रेगन ६८० प्रोसेसर छ । वाई२२ एसमा अल्ट्रा गेम मोडको साथमा मल्टि–टर्बो ५.५ सहितको एआई पावर सेभिङ टेक्नोलोजीसँग जोडिएको छ जसको चार्ज स्ट्यान्डबाइ अवस्थामा दुई दिनभन्दा बढी टिक्छ ।

उच्च गुणस्तरको क्यामेरा
दुवै मोडलमा ५० एमपी रियर क्यामेरा छ जसले ग्राहकहरूको समग्र फोटोग्राफी र भिडियोग्राफी अनुभवहरू बढाउँछ । चाहे तपाईंको मनपर्ने डिनर कार्यक्रम होस्, वा एक प्रोफेसनल हेडशट, वाई २२ सिरिजको क्यामेराले जुन कुनै परिस्थितिहरूमा पनि कहिल्यै निराश गर्दैन । यसको भिडियो फेस ब्युटी मोडले प्रयोगकर्तालाई उत्कृष्ट सेल्फी वा भिडियो खिच्न मद्दत गर्दछ । पछाडिको क्यामेरामा, सुपर नाइट मोडले बहु–फ्रेम डि–नोइजिङको प्रयोग गर्दछ जसले प्रयोगकर्ताहरूलाई कम उज्यालो अवस्थामा पनि रातको सुन्दर दृश्यहरू खिच्न अनुमति दिन्छ ।

अर्कोतर्फ, मल्टि स्टाइल पोट्रेटले व्यक्तिगत पोट्रेट खोज्ने प्रयोगकर्ताहरूको लागि विभिन्न पोट्रेट सुविधाहरु प्रदान गर्दछ । फोनमा ८एमपी एचडी फ्रन्ट क्यामेरा छ, जसले तपाईंलाई उज्यालो, स्पष्ट सेल्फीहरू लिन सक्षम बनाउँछ । सुपर नाइट सेल्फी मोडले कम उज्यालो अवस्थामा शीर्ष ग्रेड सेल्फी पोट्रेटहरू खिच्न मद्दत गर्छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया