कोका–कोलाद्वारा एक हजार महिला व्यवसायीलाई तालिम प्रदान
काठमाडौं । कोका–कोलाले एक हजार महिला व्यवसायीलाई सक्षम तालिम प्रदान गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तीकरण गर्ने उद्देश्यले तालिमको सञ्चालन गरिएको कम्पनीले जनाएको छ । गत ८ मार्च २०२२ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोका–कोलाले आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको सुरुवात गरेको थियो ।
खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिलाहरुलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोगसम्बन्धी तालिम दिनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेश १, २, ३ र ४ का मुख्य सहरहरुमा एक–एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमका एक सहभागी सौरहाकी गीता श्रेष्ठले भनिन्, ‘महिला युवा व्यवसायीहरुको लागि सक्षम तालिम कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको थियो । मैले आजभन्दा ४४ वर्षअगाडि जम्मा एक सय ६० रुपैयाँमा आफ्नो व्यापार सुरु गरेको थिएँ । मेरो कडा परिश्रमले मैले आफ्नो सपना पूरा गर्न सक्षम भएको छु । अहिले मेरो दुईवटा घर र एउटा पसल छ र एकल महिलाको रुपमा आफ्नो परिवारलाई सहयोग गर्न सकेको छु ।’
त्यस्तै नारायणघाटकी माया पाण्डेले सक्षम कार्यक्रमले आर्थिक रुपमा सशक्त हुन चाहिने सीपहरु सिकाउनुको साथसाथै सञ्जाल विस्तार गर्ने अवसर पनि दिएको बताइन् । उनले भनिन्, ‘सक्षमजस्तो सीप विकास गर्ने कार्यक्रमले हामीलाई अझै राम्रोसँग व्यवसाय सञ्चालन गर्न हौसला दिएको छ ।’ कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले कोका–कोला बेटर शेयर्ड फुचरमा विश्वास गर्ने बताउँदै महिला सशक्तीकरणलाई कम्पनीले मूल मान्यता दिएको बताए । ‘हामीले सक्षम तालिम कार्यक्रम २०२२ मा सुरु गरेका थियौँ जसमा हामीले अनुभवी र दक्ष प्रशिक्षकहरुसँग मिलेर महिला व्यवसायीहरुलाई व्यावसायिक तालिम, मेन्टोरिङ्ग नेटवर्क, आर्थिक सेवा तथा अन्य विभिन्न तालिमहरु दिएका थियौँ जसले गर्दा उहाँँहरुलाई आफ्नो जीवनस्तर उकास्न, परिवारलाई सहयोग गर्न र समुदायमा पनि सकारात्मक परिवर्तन ल्याउन सक्षम बनाएको छ’, उनले भने, ‘हामीले एक हजार महिला व्यवसायीहरुलाई तालिम दिने लक्ष्य लिएका थियौँ र सो लक्ष्य पूरा पनि भएको छ । हामी धेरै खुसी छौँ र भविष्यमा पनि अझै धेरै महिलाहरुलाई सशक्तीकरण गर्दै जानेछौँ ।’
त्यस्तै बोटलर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन र सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारीले नेपालमा महिला उद्यमशीलता एक कदम अगाडि बढेको बताए । उनले काठमाडौं उपत्यका बाहिर विशेष गरी धेरै खुद्रा पसलहरु र रेस्टुरेन्टहरु महिलाले चलाउने बताए । ‘त्यस्ता महिलाहरुलाई आइपर्न सक्ने चुनौतीको सामना गर्न सक्षम बनाउने उद्देश्यले कोका–कोलाले सक्षमजस्ता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ जसले महिलाहरुलाई आफ्नो व्यापार अगाडि बढाउन हौसला दिन्छ । आफ्नो व्यवसायलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने बारेमा पनि सक्षमले महिला व्यवसायीहरुलाई नयाँँ तरिकाले सोच्न सिकाउँछ’, उनले भने । सन् २०१० मा कोका–कोलाले विश्वव्यापी रुपमा फाइभ बाइ ट्वेन्टी (५ बाई २०) सञ्चालन गरेको थियो, जसअन्तर्गत कम्पनीले सन् २०२० सम्म ५० लाख महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्य लिएको थियो । त्यस्तै नेपालमा पनि गत छ वर्षदेखि स्टार(शप किपर ट्रेनिङ रिसोर्सेस) सञ्चालन गर्दै आइरहेको छ जसअन्तर्गत पाँच हजार आठ सय जना खुद्रा व्यवसाय सञ्चालन गर्ने महिलाहरुलाई तालिम दिइसकेको छ ।
नेपाल सरकारको पन्ध्रौँ राष्ट्रिय योजना (२०७६-७७–२०८०-८१) अनुरुप महिलाहरुको समान र अर्थपूर्ण सहभागिताको माध्यमबाट पूर्ण लैंगिक समानता हासिल गर्ने उद्देश्यलाई पनि यो पहलले सघाउ पु-याउने कम्पनीले विश्वास लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया