काठमाडौं । भारतको इन्डिया एक्स्पो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा गत पुस २९ देखि सुरु भएको १६औँ अटो एक्स्पो २०२३ समापन भएको छ । उक्त एक्स्पोको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले अवलोकन गरेको थियो ।
सोसाइटी अफ इन्डियन मेनुफेकचरिङ एसोसिएसन (सियाम)को आयोजनामा प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनी भएका विभिन्न सेसनहरुमा नाडाका प्रतिनिधिहरुले भाग लिएका थिए । सियामले नाडाका पदाधिकारी तथा सदस्यहरुलाई सो डाइलग र डिस्कसन कार्यक्रमहरुमा सहभागी भई आफ्नो धारणाहरु राखिदिन निमन्त्रणा गरेको थियो ।
यसै क्रममा अटोमोटिभ कम्पोनेन्ट मेनुफेक्चर्स एसोसिएसन (एक्मा)ले पुस २७ देखि माघ १ गतेसम्म दिल्लीको प्रगति मैदानमा आयोजना गरेको १६औँ अटो एक्स्पो (कम्पोनेन्टमा) पनि नाडाको प्रतिनिधिले अवलोकन भ्रमण गरेका थिए । यसबाट नाडाको सियाम र एक्माबीचको पारस्परिक सम्बन्ध थप मजबुत भएको नाडाले जनाएको छ । नाडाले पनि हरेक वर्षको दशैँअगाडि भृकुटीमण्डपमा नाडा अटो शो सम्पन्न गर्दै आएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया