सगरमाथा क्षेत्रमा विदेशी पर्यटक आउन थाले
सोलुखुम्बु । हिमपात नभएपछि सगरमामाथा क्षेत्रमा फाट्टफुट्ट मात्रामा विदेशी पर्यटक आउन थालेका छन् । पछिल्लो तीन दिनमा ९५ जना पर्यटक खुम्बु भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
सोलुखुम्बु भित्रिनेमा विदेशी पर्यटक ७१ जना, नेपाली पर्यटक दुई जना, पोटर १८ जना र गाइड चार जना रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए । उनीहरूबाट दुई लाख १५ हजार एक सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।
हिउँ पर्दा चिप्लने तथा पदमार्ग समेत पुरिने भएकाले विगतका वर्षमा अफसिजनमा पर्यटहरू खुम्बु जाँदैन थिए । तर अहिले हिउँ नपरेकाले सोलुखुम्बुको टाक्सिन्दु हुँदै पर्यटकहरू क्रमशः खुम्बु क्षेत्र गइरहेको अधिकृत उपाध्यायले बताए । कतिपय भने तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट काठमाडौं आवजावत् गर्नेगरेका छन् । अहिले खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी जाडो छल्नका लागि बाहिर जिल्ला तथा राजधानी काठमाण्डौँ तर्फ गएका छन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया