Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपहिलो एओजी नाइट राइड सम्पन्न

पहिलो एओजी नाइट राइड सम्पन्न


काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले पहिलो पटक अपाचे अनर्स ग्रुप (एओजी) नाइट राइडको आयोजना गरेको छ ।

कम्पनीले शनिबार र आइतबार काठमाडौंदेखि चित्लाङसम्म एओजी नाइट राइडको आयोजना गरेको हो । ३० जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिएका थिए । उनीहरु मनोरञ्जनमा मात्र सीमित रहेनन् चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै उनीहरुले कम्पनीको तर्फबाट समाज सेवा पनि गरे । चित्लाङको श्री कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामग्री वितरण गर्नुका साथै अरु विभिन्न कार्यक्रमहरु पनि आयोजना गरे । युटुबर ‘जानकारी केन्द्र’ तथा मोटो भ्लगरहरु ‘बाइकअल्साइक’ र ‘टुइन्स–राइडर’हरु कार्यक्रममा उपस्थिति थिए ।

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, र नारायणी क्षेत्रलगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । यद्यपि रात्रिकालीन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ । अपाचेका चालकहरुले अत्यधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीको योजना छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया