धनगढीमा हुन्डाई कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा
काठमाडौं । हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा कम्पनीको ‘थ्रि एस’ सेवाअन्तर्गत : सेल्स, सर्भिस र स्पेयर पार्टपुर्जासम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिनेछ ।
शाखा विस्तारसँगै नेपालको सर्वाधिक बिक्री हुने हुन्डाईको एक्स्काभेटरहरू, चट्टान तथा अरू हेभी पदार्थ फुटाउन ’जिसुङ र रामर’ ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू, साथै विश्वको नम्बर एक ‘एम्. बि. बकेट क्रसर’ पनि त्यहाँबाट सहजरूपमा खरिद गर्न सकिनेछ । यससँगै निर्माण व्यवसायी तथा इक्विप्मन्ट अपरेटरहरूले भरपर्दो हेभी इक्विप्मन्ट किन्न टाढा गइरहनुपर्ने छैन ।
साथै हेभी इक्विप्मन्टको मर्मत तथा पार्टपुर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिनेछ । हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्ट, नेपालको हेभी निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको कम्पनी हो । कम्पनीले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर १ एक्स्काभेटर’को बिक्रीवितरण गर्दछ । हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन एवं खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मन्टको रूपमा रहँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया