बउमा कोनएक्स्पोमा महासंघ सहभागी हुने
काठमाडौं । भारतमा आयोजना हुने बउमा कोनएक्स्पो २०२३ मा नेपाल निर्माण व्यवसायी महासंघ पनि सहभागी हुने भएको छ । एक्स्पोमा सहभागी हुन महासंघका अध्यक्ष रवि सिंह भारतको उत्तर प्रदेश गएका छन् ।
ग्रेटर नोइडामा चार दिनसम्म चल्ने एक्स्पोमा निर्माण उद्योगमा भित्रिएका अत्याधुनिक उपकरण, सामग्रीसहित निर्माण क्षेत्रमा प्रयोग हुने सबैखाले पछिल्ला सरसामानहरू प्रदर्शनीका लागि राखिनेछन् । मंगलबारदेखि सुरु हुने प्रदर्शनीमा २० भन्दा बढी मुलुकका करिब छ सय प्रविधि सप्लायर्सको सहभागिता रहनेछ भने ६० देशका ५० हजारभन्दा बढीले १० हजार स्टलहरू अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काका अध्यक्ष समेत रहेका महासंघ अध्यक्ष सिंहलाई अतिथिको रुपमा एक्स्पोमा आमन्त्रण गरिएको हो । सोही अवसरमा अध्यक्ष सिंहले निर्माण उद्योगसँग सम्बन्धित पछिल्ला प्रविधिका बारेमा विज्ञहरूसँग छलफल गर्नेछन् । महासंघ एक्स्पोको सपोर्टरको भूमिकामा छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया