म्याद सकियो, सकिएन कालोपत्र
गलकोट । बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने सडक कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले म्याद सकिँदासम्म कालोपत्रको काम थालेको छैन । उक्त सडकमा एक वर्षदेखि निर्माण व्यवसायी काममा नफर्किँदा यात्रुलाई सास्ती भएको छ ।
संघीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा नौ करोड रुपैयाँ लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का छ करोड ७१ लाख रुपैयाँमा सम्झौता भएको थियो । दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी/निशान/आचार्य जेभी एक वर्षदेखि काममा फर्किएको छैन । ठेक्काको म्याद २०७९ साल जेठ २६ गते सकिए पनि हालसम्म निर्माण व्यवसायी काममा नफर्केको हो । सडक कालोपत्र भइसक्ने समयमा बल्ल निर्माण व्यवसायी सम्पर्कमा आएर म्याद थप्ने गरी प्रक्रियामा गएको काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए । ‘सडक निर्माणमा ढिलाइ भएको छ, निर्माण व्यवसायीले कोरोनाका कारण काम गर्न नसकेको बताएको छ, तर कोरोना मत्थर भएकै एक वर्ष भइसक्यो अझै काम थालेको छैन, ठेक्का सम्झौतापश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम भएको देखिन्छ’, उनले भने, ‘गाउँपालिकामा पहिलो पटक रेश जाने सडक कालोपत्र गर्ने भए पनि निर्माण व्यवसायीको लापरबाही देखिएको छ, अहिले म्याद थप गर्ने र काममा फर्किने सहमति भएको छ ।’
उनका अनुसार कोरोनाका कारण असार मसान्तसम्म म्याद थप्ने प्रावधान भएकाले सोही समयसम्म म्याद थप गर्न काठेखोला गाउँपालिकाले सहमति जनाइसकेको छ । गाउँपालिकाको गौरवको योजनाका रुपमा रहेको गाउँपालिकाको केन्द्रबाट रेश जाने सडक कालोपत्रका लागि ठेकेदार कम्पनीलाई गाउँपालिकामा बोलाएर ताकेता गरिएको र एक महिना भित्रै काममा फर्कने सहमति भएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । ‘सडक कालोपत्रमा ढिलाइ भएकै छ तर हामीले समन्वय गरेर मात्रै काम अघि बढ्ने देखियो म्याद थप गर्न सहमति दिएका छौँ, निर्माण व्यवसायीले काम तुरुन्तै थाल्ने आश्वासन दिनुभएको छ’, उनले भने, ‘जतिसक्दो कालोपत्र सक्न भनेका छौँ , हामी निरन्तर निर्माण व्यवसायीलाई दबाब दिएका छौँ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया