Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभोले घटायो चारवटा स्मार्टफोनको मूल्य

भिभोले घटायो चारवटा स्मार्टफोनको मूल्य


काठमाडौं । भिभोले आफ्नो भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरुको मूल्य घटाएको छ । कम्पनीका अनुसार भी२३ई (१२८ जीबी र २५६ जीबी), वाई५३एस, वाई२०एस, र वाई१५सी को मूल्य भारी मात्राले घटाइएको हो ।

यो नयाँ मूल्य १ फेब्रुअरी २०२३ देखि २८ फेब्रुअरी २०२३ सम्म नेपालका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भी२३ ई (८ +१२८ जीबी)को मूल्य ४१ हजार नौ सय ९९ रुपैयाँबाट घटाएर ३६ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ भने भी२३ ई (८ +२५६ जीवी)को ४१ हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ । यसअघि यसको मूल्य ४६ हजार नौ सय ९९ रुपैयाँ थियो । यस्तै वाई५३ एसको मूल्य ३४ हजार नौ सय ९९ रुपैयाँबाट घटाएर ३० हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो फोन (८ +१२८ जीबी) भेरियन्टमा छ । यस्तै वाई२०एस (४ +१२८ जीबी)को नयाँ मूल्य २३ हजार चार सय ९९ रुपैयाँ कायम गरिएको छ । यो फोनको यसअघिको मूल्य २५ हजार चार सय ९९ रुपैयाँ थियो । यसैगरी कम्पनीले वाई१५सी (३ +३२ जीवी) को मूल्य पनि १७ हजार नौ सय ९९ रुपैयाँबाट घटाएर १४ हजार नौ सय ९९ रुपैयाँ कायम गरेको जनाएको छ ।

भिभो नेपालका सीईओ माइकलले कम्पनीका उत्पादनहरू ग्राहकहरुको पहुँच बढाउन निरन्तर लागि परेको जानकारी दिए । उनका अनुसार भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ, जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् । यसमा ८जीवी -याम छ र रोममा दुई विकल्पहरू– १२८ जीबी र २५६ जीबी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ । यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस१२ छ । वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र एक टीबीसम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीबी ¥याम र एक्सटेन्डेबल -याम छ ।

यसैगरी वाई१५सीमा ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्ले छ । यसमा आई प्रोटेक्सन, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरालगायत उल्लेखनीय विशेषताहरु समावेश छन् । वाई२० एसमा चार जीबी -याम र १२८ जीबी रोम रहेको छ जुन वाई२० को प्रतिकृति हो । यसमा ८एमपी फ्रन्ट–फेसिङ क्यामेरा र १३एमपी ब्याक क्यामेरा छ र पर्फरमेन्सका लागि स्न्यापड्र्यागन ४६० प्रोसेसर र एड्रिनो ६१० जीपीयूमा आधारित छ । यसमा ५००० एमएएच ब्याट्री छ र १८ वाट चार्जिङ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया