Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ ग्यालेक्सी एस२३ सिरिज फोनको प्रि–अर्डर खुल्ला

सामसङ ग्यालेक्सी एस२३ सिरिज फोनको प्रि–अर्डर खुल्ला


काठमाडौं । सामसङले ग्यालेक्सी एस सिरिज फोनको प्रि–अर्डर नेपालमा पनि खुल्ला गरेको छ । कम्पनीले एस सिरिजको ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी एस२३+ र ग्यालेक्सी एस२३ लाई २०२३ को फेब्रुअरी १ मा ग्लोबल अनावरण गरेको थियो ।

ग्लोबल अनावरणसँगै सामसङले नेपालमा पनि प्रि अर्डर खुल्ला गरिएको घोषणा गरेको हो । कम्पनीका अनुसार सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई उनीहरूको रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्छ । यस्तै ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मले भविष्यका लागि तयार हुने मोबाइल गेमिङ अनुभव र शक्तिशाली रूपमा दीर्घकालीन गेम प्ले उपलब्ध गराउँछ । यो सामसङको क्वालकमसँगको सहकार्यले एक्सक्लुसिभ चिपसेट इन्हान्स्मेन्टद्वारा समर्थित छ । सामसङका निर्देशक प्रणय रत्न स्थापितका अनुसार ग्यालेक्सी एस२३ सिरिजलाई आधिकारिक प्रिअर्डर वेबसाइट सीएमएस–पीआरडी डट माई ग्यालेक्सी–एनबीएस डट कम÷एनपी–एस२३–प्रिअर्डरमा दर्ता गरी प्रिअर्डर गर्न सकिनेछ । यसका साथै नजिकको सामसङ फोन स्टोरहरूमा जान सकिनेछ । प्रिअर्डर अफरहरू फेब्रूअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुनेछन् । प्रिअर्डरमा आकर्षक उपहार समेत पाइनेछ ।

कम्पनीका अनुसार ग्यालेक्सी एस२३ अल्ट्रा (१२+५१२ जीबी) को मूल्य दुई लाख नौ हजार नौ सय ९९ रुपैयाँ, एस२३ अल्ट्रा (१२+२५६ जीबी) को मूल्य एक लाख ९१ हजार नौ सय ९९ रुपैयाँ, एस२३ प्लस (८+२५६ जीबी)को मूल्य एक लाख ५१ हजार नौ सय ९९ रुपैयाँ र एस२३ बेस (८+२५६ जीबी) को मूल्य एक लाख २७ हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ । अमेजिङ लाभहरूले भरिएको एस२३ सिरिज छ हजार चार सय रुपैयाँबाट सुरु हुने मासिक शून्य प्रतिशत ब्याज दरमा ईएमआईमा पनि उपलब्ध हुनेछ । सामसङले एक वर्षको लागि एक पटक ब्रेकेज बीमा पनि उपलब्ध गराउँदै छ । यस्तै कम्पनीले सामसङका फोनहरुमा आफ्नो स्तरवृद्धि गर्न चाहनेहरूले आठ हजार रुपैयाँसम्मको विनिमय लाभहरू पनि उपलब्ध गराउँदै छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया