वडालाई एम्बुलेन्स सहयोग
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर–६ की चन्द्रमाया गिरीले वडालाई एम्बुलेन्स सहयोग गरेकी छिन् । आफू ८४ वर्ष पुगेको अवसर पारेर उनले वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गरेकी हुन् ।
आफूले घरमै सुत्केरी हुनुपर्दा भोगेको समस्या र बिरामी पर्दा एम्बुलेन्स अभावमा अस्पतालसम्म पुग्न नसकेको विगतलाई सम्झेर वडालाई व्यक्ति रूपमा नयाँ एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेको जानकारी दिइन् । दुई छोरा र दुई छोरीसहित चार सन्तानलाई स्वास्थ्य चौकी र सवारी अभावमा घरमै सुत्केरी गराउनुपर्दाको पीडालाई सम्झेर एम्बुलेन्स सहयोग गरेको उनको भनाइ थियो ।
आइतबार ८४ वर्ष पुगेको खुसीमा चौरासी मनाउँदै उनले बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती र वडा अध्यक्ष अशोककुमार तामाङलाई घरमै बोलाएर गाउँका पण्डितबाट पुजापाठ गरी एम्बुलेन्स हस्तान्तरण गरेकी हुन् । उनलाई एम्बुलेन्स खरिद गर्न उनका सन्तानले सहयोग गरेका थिए । एम्बुलेन्सको साँचो बुझ्दै बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले लाखौँ मूल्यको एम्बुलेन्स सहयोग गरेको भन्दै चन्द्रमाया गिरी परिवारलाई धन्यवाद दिए ।
एम्बुलेन्स नियमित सुचारु गर्न गाउँपालिकाले इन्धन तथा चालकको व्यवस्थापन वडासँग समन्वय गरेर गर्ने बताए । एम्बुलेन्स बुझ्दै वडा अध्यक्ष अशोक कुमार तामाङले एम्बुलेन्स सहयोग गर्ने चन्द्रमाया गिरीलाई सम्मान गर्ने बताए । चन्द्रमायाका छोरा सूर्य बहादुर गिरीले आमाको इच्छाअनुसार एम्बुलेन्स सहयोग गरेको बताए । (ख) वर्गको एम्बुलेन्स वडालाई उपलब्ध गराउन करिब २७ लाखबराबर लागेको गिरीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया