‘मेरो डिस्काउन्ट’ एप सार्वजनिक
काठमाडौं । आम उपभोक्तालाई वस्तुदेखि सेवा खरिद गर्दा छुट उपलब्ध गराउने उद्देश्यसहित निर्माण गरेको ‘मेरो डिस्काउन्ट’ नामक एप सार्वजनिक भएको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गरेर उक्त एप सार्वजनिक गरेको हो ।
‘मेरो डिस्काउन्ट’ नेपालकै एक मात्र अनलाइन मञ्च हो । यसलाई ओसी ग्रुप सफ्टवेयर प्रालिले निर्माण गरेको हो । यो एपले स्थानीय व्यवसायीहरूको व्यापार वृद्धि तथा ग्राहकहरूलाई गुणस्तरीय सेवा प्राप्त गर्न मद्दत गर्छ । ओसी ग्रुपले सोमबारबाट सञ्चालनमा ल्याएको मेरो डिस्काउन्ट डटकम उपभोक्तालाई छुट प्रदान गर्ने एप हो । निर्माता कम्पनीले जानकारी दिएअनुसार यो एप प्रयोगकर्ताहरूले खरिद गर्ने प्रत्येक वस्तु तथा सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्छन् ।
यसरी प्राप्त हुने डिस्काउन्टहरू नगद छुट, प्रोमो कोड, भौचर, कुपन वा अन्य प्रकारका हुन सक्नेछन् । स्वस्थ, स्वच्छ र स्वादिष्ट भोजन होस् वा कुनै स्पाको आनन्द लिन यो एपको प्रयोगमार्फत सुलभ मूल्यमा प्राप्त गर्न सकिन्छ । यस्ता मनोरञ्जनात्मक क्रियाकलाप लागि मात्रै नभई मेरो डिस्काउन्टको प्रयोग गरेर सपिङ मलमा सामानहरू किनमेल पनि सहजै गर्न सकिनेछ ।
मेरो डिस्काउन्टबाट मध्यमवर्गका ग्राहकहरूले पनि स्तरीय सेवा र सुविधाहरू उपयोग गर्न सक्नेछन् । साथै व्यवसायीहरूको बिक्रीवितरण बढाउन र नयाँ व्यवसायीहरूलाई थप प्रोत्साहन गरी अगाडि बढ्न मद्दत पुग्ने कम्पनीको दाबी छ । मेरो डिस्काउन्टस्सँग जोडिएका बिक्रेताहरूले सहजै आफ्ना ग्राहकहरूलाई उनीहरूको इच्छाअनुसारको सेवा र अफरहरू प्रदान गरेर व्यवसायी र ग्राहकहरूबीचको सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्न सक्ने कम्पनीले जनाएको छ ।
मेरो डिस्काउन्टस्सँग जोडिएका बिक्रेताहरूले सहजै आफ्ना ग्राहकहरूलाई उनीहरूको इच्छाअनुसारको सेवा र अफरहरू प्रदान गरेर व्यवसायी र गढाकाबीचको सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्नसक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसका अलावा व्यवसायीहरूलाई व्यापारिक परामर्श समेत दिने काम सो कम्पनीले गर्ने उनीहरूले बताएका छन् । मेरो डिस्काउन्टलाई नै किन व्यवसायीले रोज्ने भन्ने प्रश्नको जवाफमा कम्पनीले व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अभिवृद्धि गर्न, बृहत् विज्ञापनबाट व्यवसायलाई प्रवर्द्ध न गर्न, सरल तथा सुरक्षित भुक्तानी गर्न बताएको छ ।
त्यस अलावा समय समयमा अन्तर्क्रियात्मक र दृश्य (भिडियो) प्लेटफर्ममा आफूलाई प्रस्तुत गर्न, व्यवसायको निरन्तर अपडेट र अपग्रेड गर्न, बजारको मागअनुसारको विश्लेषण र मूल्य प्रस्ताव गर्न, व्यवसायलाई पेसागत रूपमा अभ्यास गर्न रणनीति निर्माण गर्न र व्यवसायबारे व्यक्तिगत परामर्श लिन समेत यो एपको प्रयोग अनिवार्य रहने कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया