Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिशहोमले कोरियन गीत तथा सिरिज प्रसारण गर्ने

डिशहोमले कोरियन गीत तथा सिरिज प्रसारण गर्ने


काठमाडौं, चैत २
डिशहोमले कोरियन गीत तथा सिरिज प्रसारण हुने च्यानल सुरु गर्ने भएको छ । कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्तामाझ पनि निकै लोकप्रिय रहिआएको छ । नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले केवल्ड च्यानल सुरु गर्न लागेको जनाएको छ । के पप, माई लिटिल बेबी, रिचमेन, किङ द लभ, मिटिङ हर्ट आदिजस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रसारण हुनेछ ।

यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाइफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागि उपलब्ध गराइएको डिशहोमले जनाएको छ । साथै डिशहोम गो (ओटीटी) एपमा पनि यो च्यानल हेर्न सकिनेछ । नेपाली टेलिभिजनको दर्शकमाझ विभिन्न आफ्नै एक्सक्लुसिप च्यानलहरु सञ्चालन गरिरहेको डिशहोमले सञ्चालन गरेको यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया