Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबोटको ब्लुटुथ कलिङ स्मार्टवाचहरू नेपाली बजारमा

बोटको ब्लुटुथ कलिङ स्मार्टवाचहरू नेपाली बजारमा


काठमाडौं । वेरेबल ब्रान्ड बोटले नेपाल पोर्ट्फोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरीतर्फ केही उत्पादनहरु थप गरेको छ । नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरिजहरुको बढ्दो मागसँगै सो कम्पनीले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराएर उपभोक्ताहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको हो ।

कम्पनीले नेपाली बजारमा आठ प्रकारका नयाँ उत्पादनहरु थप गरेको जनाएको छ । जसअनुसार कम्पनीको बोट एक्सटेन्ड प्रो बलियो र सुन्दर ढंगले बनाइएको १.७८ इन्चको एमोलिड डिस्प्ले र ३० मिनेटको एसाप फास्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्रीको साथ आउँछ । एक्सटेन्ड प्रोमा ब्लुटुथ कलिङलाई इन–बिल्ट स्पिकर र एक डायल प्याड छ ।

यो स्मार्टवाचबाट १० वटा सम्पर्कहरूलाई सेभ गर्न र कल गर्न पनि सकिनेछ । साथै यसमा सात सयभन्दा बढी मोडहरू छन् । यसको मूल्य नेपालमा सात हजार चार सय ९९ रुपैयाँ तोकिएको छ । यसैगरी १.६९ इन्चको एचडी कर्भ डिस्प्ले भएको बोट वेभ कल भएको स्मार्टवाचमा पनि ब्लुटुथ कल गर्न सकिन्छ । १० दिनसम्मको ब्याट्री ब्याकअप भएको यस स्मार्टवाचमा एसपीओटु र मुटुको धड्कन पनि ट्रयाक गर्न सकिनुको साथै हाइड्रेसन अलर्ट पनि छ । त्यस्तै यसमा पनि १० जनासम्मको कन्ट्याक्टहरु पनि सेभ गर्न मिल्छ । यसको मूल्य भने चार हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ ।

यस्तै कम्पनीको एक्टिभ नोइज क्यान्सलेसनयुक्त एआरडोप्स ४११ एएनसीले २५ डीबीसम्मको बाहिरको वातावरणीय हल्लाहरुलाई शान्त गर्न सक्छ । दुई ईएनएक्स इनेबल्ड माइकहरु भएको एआरडोप्स ४११ एएनसीले क्रिस्टल क्लियर कलिङ एक्स्पिरियन्स प्रदान गर्छ । १७.५ घण्टासम्मको प्लेब्याक टाइम भएको यस डिभाइसमा बोट सिग्नेचरयुक्त १० एमएमको ड्राइभरहरु पनि राखिएको छ । त्यस्तै बोट ए साप चार्जमार्फत १० मिनेट मात्र चार्ज गर्दा पनि एक घण्टासम्म चलाउन सकिन्छ । यसको मूल्य पाँच हजार दुई सय ९९ रुपैयाँ तोकिएको छ ।

यी नयाँ स्मार्टवाचहरूबाहेक नेपालका लागि बोटको नयाँ लाइनअपमा रकर्ज २३५ भीटु, एअरडोप्स १३८, एअरडोप्स १४१, एअरडोप्स १६१ र एअरडोप्स १८१ पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार रकर्ज २३५ भीटु को मूल्य दुई हजार पाँच सय ९९ रुपैयाँ, एअरडोप्स १३८ र १४१ को मूल्य दुई हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ । यस्तै एअरडोप्स १६१ र १८१ को मूल्य क्रमशः दुई हजार आठ सय ९९ रुपैयाँ र तीन हजार ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । बोट सिग्नेचर साउन्डसहित उपलब्ध यी उत्पादनहरुको बिल्ड क्वालिटी पनि अत्यन्त उत्कृष्ट रहेको र मूल्य पनि सुपथ रहेको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया