Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभ्यालेन्टाइन लक्षित भिभोको आकर्षक अफर

भ्यालेन्टाइन लक्षित भिभोको आकर्षक अफर


काठमाडौं । भ्यालेन्टाइनलाई अझ विशेष बनाउन भिभोले ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ । योजनाअनुसार १० फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्म कुनै पनि भिभो स्मार्टफोन खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले १५ हजार रुपैयाँको स्टेकेसन जित्ने मौका पाउनेछन् ।

साथै, भिभोले आफ्ना केही स्मार्टफोनहरुको मूल्य पनि घटाएको छ । कम्पनीका अनुसार यदि तपाईं पनि आफ्नो जोडीका लागि उत्तम उपहारको खोजीमा हुनुहुन्छ भने भिभोका यी स्मार्टफोनहरु भ्यालेन्टाइन उपहारका लागि उत्कृष्ट हुन सक्छन् :

भी२३ई
भिभो भी२३ई फोटोग्राफीप्रति रुचि भएका वा तस्बिरहरू क्लिक गर्न मन पराउने तपाईंको विशेष व्यक्तिलाई उपहार दिनको लागि उत्कृष्ट स्मार्टफोनहरूमध्ये एक हो । यसमा ५० एमपी अटोफोकस पोट्र्रेट सेल्फी क्यामेरा र पछाडि ६४ एमपी नाइट क्यामेरा रहेको छ । भी२३ई को ८एमपी वाइड एंगल र २एमपी म्याक्रो क्यामेराले उच्च–रिजोल्युसनका तस्बिरहरू प्रदान गर्दछ । भी२३ई ले ४४ वाट फ्ल्यासचार्जमार्फत सहज प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । यो दुईवटा भेरियन्ट ८ + १२८ जीबी भेरियन्टको ३६ हजार नौ सय ९९ रुपैयाँ र ८ + २५६ जीबी भेरियन्टमा ४१ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । कम्पनीले यो फोनको पाँच हजार रुपैयाँ मूल्य घटाएको जनाएको छ ।

वाई२०एस
यस्तै वाई२०एसमा पाँच हजार एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ । यसमा ४ जीबी -याम र १२८ जीबी रोमको साथ प्रशस्त स्टोरेज क्षमता छ । वाई२० एसमा ८एमपी सेल्फी क्यामेरा र १३ एमपी ट्रिपल रियर क्यामेरा समावेश छ । यसमा आखाँको आरामका लागि आई प्रोटेक्सन मोड पनि रहेको छ । फोनलाई उत्कृष्ट फोटोग्राफी प्रकार्यहरूसँग सुन्दर ढंगले डिजाइन गरिएको छ । यसको मूल्य हाल २३ हजार चार सय ९९ रुपैयाँ छ ।

वाई१५सी
स्पष्ट तस्बिरका लागि वाई१५सीमा १३ एमपी रियर क्यामेरा छ । साथै पाँच हजार एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कार्यका लागि पर्याप्त चार्ज प्रदान गर्दछ । यसमा साइड –माउन्टेड फिंगरप्रिन्ट स्क्यानर छ, जुन स्लिम देखिन्छ र एक परिष्कृत छवि दिन्छ । यो फोनको मूल्य १४ हजार नौ सय ९९ रुपैयाँ छ ।

वाई ५३एस
वाई५३एस शक्तिशाली ब्याट्री, सुन्दर डिजाइन र शक्तिशाली मेमोरी भएको स्मार्टफोन हो । यसमा आठ जीबी -याम र १२८ जीबी रोम छ । वाई ५३एसमा ६४ एमपी रियर क्यामेरा, २एमपी बोकेह क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ । यसमा ५००० एमएएच ब्याट्री र ३३ वाट फ्ल्यास–चार्ज छ । यसको मूल्य ३० हजार नौ सय ९९ रुपैयाँ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया